२०८२, २९ पुस मंगलबार

तेमालका सबै सडक खुले, सरर घर पुग्न सकिन्छ : प्रवक्ता ज्ञानबहादुर

तेमालका सबै सडक खुले, सरर घर पुग्न सकिन्छ : प्रवक्ता ज्ञानबहादुर


तेमाल १६ असोज : अविरल वर्षाले सडकमा क्षति पुगेपछि अवरुद्ध भएका काभ्रेका ग्रामीण सडकहरुमा धमाधम यातायात सञ्चालन गरिएको छ ।

जिल्लाको कोशीपारि, तेमाल, रोशी र डाँडापारि लगायतका क्षेत्रहरुमा भत्किएको सडकको ममर्त गरी यातायात सुचारु गरिएको हो । तेमाल गाउँपालिकामा केही समयदेखि अवरुद्ध भएका सडकहरुको मर्मत गरी यातायात सेवा सुचारु भएको गाउँपालिकाले श्रोतले बताएको छ ।

वर्षातले क्षतीग्रस्त भएको बोहोरेदेभान–आधाबाट–लामागाउँ– डाँडागाउँ–माउरे भञ्ज्याङ, बोहोरेदोभान–पचुवारघाट–ठूलोपर्सेल–नारायणस्थान, काल्धार, मेटुवाल, कुरुवास, चापाखोरी, धुल्खु लगायतको क्षेत्रमा जाने सडकलाई विभिन्न वडापालिकाहरुको पहलमा मर्मत गरी पुनः संचालनमा ल्याइएको गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर लामाले बताएका छन् ।

लामाकाअनुसार तेमाललाई वीपी राजमार्गसँग जोड्न अस्थायी पुलसमेत निर्माण गरी यातायात सेवा दिइएको छ । भारी वर्षातसँगै उर्लिएको रोशीले काल्दार-मंगलटार आसपास रहेको अस्थायी पुलमा क्षति पु¥याएको थियो ।

“पुललाई रोशीले भत्काएपछि स्थानीयले लामोदुरीको घुमाउरो बाटो पार गर्नुपर्ने बाध्यता आइपरेको थियो । अस्थायी पुल निर्माण भएपछि स्थानीयले पार गर्नुपर्ने लामो दुरीबाट मुक्ति पाएका छन् ।

विजया दशमीको अवसरमा स्थानीयको आवतजावत बाक्लो हुने र यातायात सुविधामा समेत सहज हुने भएकाले वडापालिकाले पुल निर्माणलाई प्राथमिकतामा राखेर काम भएको लामा बताउँछन् । चाडको मुखमा सबैको सुविधाका लागि छोटो समयमा नै पुल निर्माण गरिएकाले स्थानीय खुसी देखिएका छन् । हाम्रा उद्देश्य खुसीका साथ चाड मनाउनुपर्ने बेलमा स्थानीयबासीले सास्ती खेप्नु नपरोस भन्ने थियो ।

त्यसैले पनि सडक र पुललाई पहिलो प्राथमिकता दिएर निर्माणमा जुट्यौं, प्रवक्ता लामाले खबरघरसँग भने । उहाँकाअनुसार वडा नं १ देखि ९ सम्मका सबै सडक मर्मत कार्य सम्पन्न भएको छ ।

दर्शैमा कसैले पनि सास्ती खोप्नु पर्दैन । सबै बाटो खुलाइएको छ । यो महत्पूर्ण चाडमा सजिलै गाउँघरमा पुग्न सकिने प्रवक्ता लामाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६, १६ आश्विन बिहीबार  ११ : ४९ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका