२०८२, २४ कार्तिक सोमबार

काभ्रेको महाभारत गाउँपालिकाले प्रमुख सडकहरुको मर्मत सक्यो, यातायात सुचारु

काभ्रेको महाभारत गाउँपालिकाले प्रमुख सडकहरुको मर्मत सक्यो, यातायात सुचारु


महाभारत, १६ असोज: ग्रामीण कच्ची सडकले जोडिएका सबै सडकहरुलाई काभ्रेको महाभारत गाउँपालिकाले मर्मत गरी यातायात सुचारु गरेको छ । वर्षातले गाउँपालिकाको अधिकांश सडकमा क्षति पुग्दा गाउँपालिकाका स्थानीय बासिन्दाले आवागमनमा समस्या झेलिरहेका थिए ।

हिन्दुहरुको महत्वपूर्ण चाड विजया दशमीमा स्थानीयलाई सहज यातायात सुविधा पु¥याउन सबै सडकको मर्मतसम्भार गरी यातायात सुचारु गरिएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताएका छन् । सडक मर्मत भएपछि जिल्लाको डाँडापारि भेगका बासिन्दाले विजयादशीमा गाउँघरसम्म पुग्न सहज यातायात सुविधा पाएका छन् ।

दशैंलाई लक्षित गरी गाउँपालिकाले रातीको समयमा बत्ति बालेर समेत मर्मत कार्यलाई निरन्तरता दिएको थियो । जनप्रतिनिधि र स्थानीय अगुवाहरुको पहलमा दिनरात सडक मर्मत गरी यातायात सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । ‘गाउँबासीलाई जसरी पनि दशैमा घर जाने सहज वातावरण बनाउन गाउँपालिकाले दिन रात काम गरेर सडक मर्मत सम्पन्न ग¥यो’, पालिका अध्यक्ष जिम्बाले भने ।

विजयादशमीमा गाउँ फर्कने स्थानीयलाई लक्षित गरी छिटो सडक मर्मत गर्ने प्रयास गरे पनि निरन्तर वर्षातका कारण समस्या आएको थियो । नेपालीहरुको महत्वपूर्ण पर्वमा सडक सञ्चालनमा ल्याउन कस्सिएर लागेका अध्यक्षलाई वर्षातले तनाव दियो ।

तर पनि निरन्तर मर्मतमा जुटिरहेकाले जनतालाई विजया दशमीमा सवारी साधनमा चढेर घर जाने वातावरण बनाउन हामी सफल भएका छौं, अध्यक्ष जिम्बाले भने । जिम्बाकाअनुसार अहिले सिपाली–बुढाखानी–तीन खुट्टे, रजबास–भूमिचुली–किल्ला, राङचा–बन्खु–गोकुलेधाप, सिखरआम्बोटे–साँझकोट–ताराखस्योलेक–गोकुले र मंगलटार–सोला भञ्ज्याङ–किल्ला सडक सुचारु भएका छन् ।

वर्षात नरोकिएकाले गाउँ–गाउँसम्म जाने बाटो भने मर्मत गर्न नसकिए पनि सबै शाखा सडकहरुलाई दशैं पछाडि लगत्तै मर्मत कार्य अगाडि बढाइने अध्यक्ष जिम्बाले बताएका छन् ।

शाखा सडकहरुलाई दशैको मुखमा मर्मतसम्भार गर्न नसकेकोमा आफूलाई दुःख लागेको उनले बताए ।

प्रकाशित मिति : २०७६, १६ आश्विन बिहीबार  ८ : १३ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य