२०८२, ९ चैत्र मंगलबार

काभ्रेको महाभारत गाउँपालिकाले प्रमुख सडकहरुको मर्मत सक्यो, यातायात सुचारु

काभ्रेको महाभारत गाउँपालिकाले प्रमुख सडकहरुको मर्मत सक्यो, यातायात सुचारु


महाभारत, १६ असोज: ग्रामीण कच्ची सडकले जोडिएका सबै सडकहरुलाई काभ्रेको महाभारत गाउँपालिकाले मर्मत गरी यातायात सुचारु गरेको छ । वर्षातले गाउँपालिकाको अधिकांश सडकमा क्षति पुग्दा गाउँपालिकाका स्थानीय बासिन्दाले आवागमनमा समस्या झेलिरहेका थिए ।

हिन्दुहरुको महत्वपूर्ण चाड विजया दशमीमा स्थानीयलाई सहज यातायात सुविधा पु¥याउन सबै सडकको मर्मतसम्भार गरी यातायात सुचारु गरिएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताएका छन् । सडक मर्मत भएपछि जिल्लाको डाँडापारि भेगका बासिन्दाले विजयादशीमा गाउँघरसम्म पुग्न सहज यातायात सुविधा पाएका छन् ।

दशैंलाई लक्षित गरी गाउँपालिकाले रातीको समयमा बत्ति बालेर समेत मर्मत कार्यलाई निरन्तरता दिएको थियो । जनप्रतिनिधि र स्थानीय अगुवाहरुको पहलमा दिनरात सडक मर्मत गरी यातायात सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । ‘गाउँबासीलाई जसरी पनि दशैमा घर जाने सहज वातावरण बनाउन गाउँपालिकाले दिन रात काम गरेर सडक मर्मत सम्पन्न ग¥यो’, पालिका अध्यक्ष जिम्बाले भने ।

विजयादशमीमा गाउँ फर्कने स्थानीयलाई लक्षित गरी छिटो सडक मर्मत गर्ने प्रयास गरे पनि निरन्तर वर्षातका कारण समस्या आएको थियो । नेपालीहरुको महत्वपूर्ण पर्वमा सडक सञ्चालनमा ल्याउन कस्सिएर लागेका अध्यक्षलाई वर्षातले तनाव दियो ।

तर पनि निरन्तर मर्मतमा जुटिरहेकाले जनतालाई विजया दशमीमा सवारी साधनमा चढेर घर जाने वातावरण बनाउन हामी सफल भएका छौं, अध्यक्ष जिम्बाले भने । जिम्बाकाअनुसार अहिले सिपाली–बुढाखानी–तीन खुट्टे, रजबास–भूमिचुली–किल्ला, राङचा–बन्खु–गोकुलेधाप, सिखरआम्बोटे–साँझकोट–ताराखस्योलेक–गोकुले र मंगलटार–सोला भञ्ज्याङ–किल्ला सडक सुचारु भएका छन् ।

वर्षात नरोकिएकाले गाउँ–गाउँसम्म जाने बाटो भने मर्मत गर्न नसकिए पनि सबै शाखा सडकहरुलाई दशैं पछाडि लगत्तै मर्मत कार्य अगाडि बढाइने अध्यक्ष जिम्बाले बताएका छन् ।

शाखा सडकहरुलाई दशैको मुखमा मर्मतसम्भार गर्न नसकेकोमा आफूलाई दुःख लागेको उनले बताए ।

प्रकाशित मिति : २०७६, १६ आश्विन बिहीबार  ८ : १३ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार