२०८३, २६ आश्विन मंगलबार

दैलेखका राउटेलाई पनि दशैं लाग्यो, खर्च जुटाउँदै

दैलेखका राउटेलाई पनि दशैं लाग्यो, खर्च जुटाउँदै


काठमाण्डौ, १० असोज :  वर्षदिनमा एकपटक आउने दशैलाई जंगलमा निर्भर रहँदै आएका राउटे समुदायले पनि रमाइलो गरी मनाउँछन् । तर उनीहरुलाई यो पर्व मनाउन हरेक वर्ष खर्चको समस्या हुन्छ । दशै खर्च संकलन गर्न दैलेखबाट निस्किएका राउटेको समुहले दाङमा पुगेर २७ हजार खर्चको जोहो गरेका छन् । उनीहरुलाई घोराही उपमहानगरपालिकाले दशैँ खर्चका रुपमा २० हजार रुपैयाँ प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय दाङले पनि ७ हजार रुपैयाँ उपलब्ध गराएको छ । राउटेको अर्को टोली दशैं खर्च जोहो गर्न काठमाडौं निस्किएको छ । संकलित रकमलाई राउटेले नयाँ कपडा, खसीबोका, खाद्यान्न, मरमसला लगायतमा खर्च गर्छन् ।

सरकारले लोपोन्मुख समुदायको सूचीमा रहेका राउटेहरुलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता पनि दिँदै आएको छ । जंगलमा बस्ने, जंगलकै कन्दमूल तथा जीवजन्तुहरु मारेर खाने राउटेहरुको दैनिकी बन्दै आएको छ । सहायक मुखिया नारायणबहादुर शाहीको नेतृत्वमा बिहीबार बेलुका दाङ पगुेका राउटेहरु दशैँ खर्चका लागि शुक्रबार दाङका विभिन्न सरकारी कार्यालयमा सहयोग माग्दै पुगेका थिए ।

दैलेखको एउटा जंगलमा बस्दै आएका झण्डै २ सय जना राउटेलाई दशैँ मनाउन १० वटा खसी बोका चाहिने सहायक मुखीया शाहीले बताएका छन् । दशैँमा टीका लगाउने, नयाँ कपडा किन्ने, मासु खाने भन्दै उनीहरु अहिले विभिन्न जिल्लामा दशैँ खर्च जुटाउन हिँडेका हुन्।

प्रकाशित मिति : २०७६, १० आश्विन शुक्रबार  ९ : ४० बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका