२०८२, २३ असार सोमबार

सास्तीको झोंकमा, काभ्रेको पाँचखालमा कोदो रोपेर सरकारको विरोध

सास्तीको झोंकमा, काभ्रेको पाँचखालमा कोदो रोपेर सरकारको विरोध


पाँचखाल ९ असोज :  काभ्रेका पाँचखाल नगरपालिकाका स्थानीय बासिन्दाले सडकमा कोदो रोपेर स्थानीय सरकारको विरोध गरेका छन् । पाँचखाल नगर सरकारले स्थानीयहरुसँग सहमति नगरी आफूखुसी मनपरी डोजर चलाएपछि उनीहरुले यसरी विरोध जनाएका हुन् ।

हिन्दुहरुको महान पर्व वडादशैँ नजिँकीँदै गर्दा स्थानीय सरकारले जनभावन विपरित मनलाग्दी गरेकाले हामीले बाटोमा कोदो रोपेर स्थानीय सरकारलाई खबरदारी गर्नु परेको स्थानीयले बताएका छन् । मङ्लबार पाँचखाल नगरपालिकाको वडा नं. ५ मा पर्ने शाखा बाटो भमरकोटका स्थानीय उपभोक्ताले आफूहरुबाट उठाएको करको दुरुपयोग गरेको आरोप स्थानीय सरकारलाई लगाएका छन् । ‘स्थानीयसँग सहमति नगरी आफूखुसी जनप्रतिनिधिले डोजर लगाएर बजेटको दुरुपयोग गरेकोले हामीले कोदो रोपेर खबरदारी गरेका हौं,’ पाँचखाल भमरकोटका एक स्थानीयले खबरघरलाई बताए ।

बिरोधमा सहभागी बृद्व नानीमैयाँ श्रेष्ठले भनिन, ‘भोट माग्न आउँदा पिच (कालोपत्रे) गर्छाैं आमा भनेका थिए । त्यसरी भोट माग्ने नेता निर्वाचित भएर गएपछि फर्केर नहेरेकोले अहिले हामीलार्य बाटो हिड्न मुस्किल छ ।’ उनले थपिन– ‘हामीले देको भोटले जनताको हैन आफ्नै विकास पो गरेछन ।’

सडकले अचाक्ली समस्या थपिरहेपछि सडकमै कोदो रोप्न सहभागीहरुले पाँचखालका मेयर, वडाअध्यक्ष, अन्य जनप्रतिनिधि र राजनीतिकर्मीहरु कहाँ छन् भन्ने प्रश्न गरेका थिए । बिरोधमा सहभागी युवा अनील सापकोटाले जनता झुक्याउने र पक्षपातको राजनीतिले पाँचखाल नगरपालिकाको वडा नं. ५ विकासमा पछि परेको बताए । बिरोध मै सहभागी स्थानीय सुबास श्रेष्ठले जनताको सूचनाको हकलाई स्थानीय सरकारले कुण्ठित गरेको बताएका छन् । स्थानीय सरकारले आफूखुसी र आफ्नालाई मात्रै राखेर उपभोक्ता समिति बनाउने गरेको उनीहरुको आरोप छ । आफ्नै मान्छे राखेर उपभोक्ता समितिको गठन गर्ने अनि आफैं निरीक्षणमा जाने । पाँचखालमा यसरी बजेटको दुरपयोग गरिएको छ, विरोधमा सहभागीले भने ।

पाँचखाल नगरपालिकाले अनावश्यक स्थानमा समेत बजेट स्थानान्तरण गर्ने गरेको समेत उनीहरुको आरोप छ । यसरी व्यवस्था गरिएको बजेटलाई खर्च गरिसिध्याउन आफूखुसी डोजर लगाएर स्थानीय जनतालाई दुःख र सास्ती दिने गरिएको छ । स्थानीयको प्रश्न छ, यही हो त सुशासन, मेयरसाप ?

स्थानीय कृषक उत्तम सापकोटा, दिपक अधिकारी लगायतले नगरको कृषी नगर नारामा मात्रै सीमित रहेको र स्थानीय सरकार सुबिधा मुखी भएको बताए । उनीहरुका अनुसार कृषकलाई चौतर्फी रुपमा दुःख दिइएको छ । विरोधमा सहभागी सापकोटा चुनावमा घोषणा गरे अनुसार कुनै काम नभएको बताउँछन् । चुनाव जित्नका लागि त सिंचाई पानी पिच बाटो, कृषिमा सहयोग दिने आशा देखाइएको थियो । तर त्ये कुनै पनि व्यवहारमा देखिएन, उनले भने । उनी जस्तै पाँचखालका किसानको आक्रोश छ, चुनाव त फेरी पनि आउँछ, भोट त माग्नु पर्ला फेरि पनि । हामीले हाम्रो भोट पार्टीका कार्यकर्ता पाल्नलाई दिएको होइन । काभ्रेका स्थानीय निकायमध्ये पाँचखाल नगपालिका भ्रष्टाचार र बेथितिले जेलिएको सहभागी बताउँछन् ।

विकासको नाममा विनास गर्ने अधिकार कसैलाई नभएको बताउँदै आफूहरुको विरोधलाई कम नआँक्न सहभागीले चेतावनी दिएका छन् । पाँचखालको ५ नम्बर वडामा पर्ने खावा हनुमानगडीको बाटोमा जनप्रतिनिधिले डोजर लगाएपछि सरकारले स्थानीयको विश्वास गुमाएको सहभागीहरु बताउँछन् । शुसिलराज गिरी,पाँचखाल 

प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार  ५ : २९ बजे

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ

सभामुखले बालाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सूदूरपश्चिममा सबैभन्दा धेरै

काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत

बाढीले बगाएको जीवन : बर्ष वित्यो रोशी–कोलाँती क्षेत्र अझै उजाड र खण्डहर

पनौती । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशी–कोलाँती क्षेत्र, जहाँ कुनै

सोमबारको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार)का लागि विदेशी मुद्राको