२०८२, २२ भाद्र आईतबार

महिलाहरुमा देखा पर्ने यौन रोगहरु

महिलाहरुमा देखा पर्ने यौन रोगहरु


काठमाण्डौ ४ असोज: महिलाहरुमा यौन रोग हुनु भनेको सामान्य कुरा हो । महिलाहरुमा पुरुषको तुलनामा यौन रोग हुने सम्भावना बढि हुन्छ । यौन रोगहरुको संक्रमण विशेष रुपमा गोप्य अंग चिलाइरहनु अथवा यूटीआई, गन्हाउनु, सेतो दाग देखिनु, सेतो पानी बग्नु, फङ्गस इन्फेक्शन आदि महिलाहरुमा देखिने सामान्य यौनसंग सम्बन्धित रोगहरु हुन् ।

महिलाहरुमा यौन रोग हुनुको कारण

महिलाहरुमा यौन रोग हुनुको मुख्य कारण असुरक्षित यौनसम्पर्क र यसबारेमा जानकारी नहुनु, इन्जेक्सन र स्तनपान आदि हुन् । यसबाहेक यौन सम्पर्कसंग सम्बन्धित त्यस्ता धेरै कुराहरु जसले यी रोगहरुलाई जन्माउँछ । महिलाहरुमा हुने केही यौन रोगहरुः

क्लेमिडिया

महिलाहरुमा क्लमिडिया रोग क्लेमिडिया ट्रेकोमेटिस नामक जीवाणुबाट हुन्छ । यसका लक्षणहरु निम्न प्रकारका छन् ।

(पिसाव फेर्दा पीडा हुनु

(तल्लो पेट दुख्नु

(भेजिना डिस्चार्ज

(यौन सम्पर्कको बेला हुने पीडा

(महिनावारीको समयमा धेरै रगत बग्नु

गोनोरिया (धातु रोग)

यो रोग ब्याक्टेरियाबाट हुन्छ, जुन शरीरमा तिव्र गतिले फैलन्छ । जसको कारणले घाँटी, मुत्रथैली, योनी आदि संक्रमित हुन्छ । यसको मुख्य लक्षणहरु निम्न प्रकारका छन् ।

(योनीबाट रगत बगिरहनु

(पिसाव फेर्दा पीडा हुनु

(लामो समयसम्म रक्त श्राप हुनु

(योनी चिलाइरहनु

स्केबीज

यो रोग यौन सम्बन्ध, एक(अर्काको सम्पर्कका कारण अथवा यो रोगको संक्रमित व्यक्तिको लुगा अथवा ओछ्यानको प्रयोगले पनि सर्न सक्छ । यसको मुख्य लक्षणहरु निम्न प्रकारका छन् ।

(नाडी तथा औंलाको बीचमा दाना आउनु र चिलाउनु

(गुप्ताङ्गको वरिपरि चिलाएर साना(साना दाना निस्कनु

सिफिलिस

ट्रेपेनेमा पेलिडम सिफलिस भाइरस यस संक्रमणको मुख्य कारण हो । महिलाहरुमा यो संक्रमण महिलाको गोप्य अंगको बाहिरी भाग, सर्विक्स र गुद्वारमा हुन्छ । यसका लक्षण निम्न प्रकारका छन् ।

जेनिटल वार्ट

महिलाहरुमा सामान्यतया देखिने यो रोग एचपीवी अथवा हृयूमन पेपिलोमा भाइरस हो । यस रोगमा महिलाको गोप्य अंगमा मुसा ९छालामा निस्कने एक प्रकारको फोका० निस्कन्छ । जुन छालाको रंगको नै हुन्छ । यो चिलाउँछ तर छुँदा दुख्दैन । यसले एचपीवी अर्थात पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । यसका लक्षणाहरु निम्न प्रकारका छन् ।

(योनीको माथिल्लो अथवा भित्रि भागमा सर्विक्स र एनसमा दाना निस्कनु,

(महीनावारी हुदा पीडा हुनु ।

(योनी चिलाउनु

(यौनसम्पर्कको समयमा रगत बग्नु

जेनिटल हर्पीज

यो संक्रमणले ग्रसित महिलालाई ज्वरो आउने, थकाइ लाग्ने र ढाडको तल्लो भागमा पीडा हुने र सुन्निने जस्ता समस्या हुन्छ । यो रोगका निम्न प्रकारका लक्षणहरु छन् ।

(गुद्वार, योनी र अन्य क्षेत्रमा स(साना रातो दाना निस्कन्छ । यसको साथै योनी, तिर्घाको वरपर चिलाउनु अथवा दुख्ने हुन्छ ।

ब्याक्टेरियल भेजिनोसिस

जब महिलाको योनी जीवाणु बढ्न थाल्छ, ब्याक्टेरियल भेजिनोसिसको समस्या बढ्न थाल्छ । प्रायः यो रोगले ग्रसित महिलामा कुनै प्रकारको लक्षण देखिँदैन । यसका जीवाणुहरु बढ्दा कुनै किसिमको नोक्सान नहुने भएकोले यसका लक्षणहरु नदेखिएका हुन् । तर पनि कहिलेकाँहि यस रोगका केहि लक्षणहरु उत्पन्न हुन्छ ।

(योनिबाट सेतो पानी अथवा पहेंलो पानी बग्नु

(अत्याधिक गन्हाउनु

(पीसाव फेर्दा पीडा हुनु

(योनीको बाहिरी भागमा चिलाउनु,रातो दाग बस्नु र सुन्निनु ।

केन्डिडा

यो एक किसिमको यिस्टको संक्रमण हो । यो संक्रमणमा पनि प्रारम्भमा कुनै लक्षण देखिंदैन । यसका केहि लक्ष्ँणहरु निम्न प्रकारका छन् ।

(योनीको वरिपरी पोल्नु

(योनी चिलाउनु,रातो हुनु र सुन्निनु

(योनीबाट गाढा गन्हाउने तरल पदार्थ बग्नु

(पीसाव फेर्दा र यौनसम्पर्क राख्दा पिडा हुनु ।

वाटर वाट

यो संक्रमण भाइरसको कारण हुन्छ र छालामा नराम्रो असर गर्छ । यसको लक्षण निम्न प्रकार छन् ।

(पानी भरिएको सानो फोका योनी, गुद्वार,तिर्घामा देखिनु

एक्टोपेरासिटिक

यो संक्रमण साना परजीवी किरा अथवा जुम्राहरुका कारण हुने गर्छ । यसले कपाल र छालालाई प्रभावित गर्छ । यसका निम्न लक्षणहरु हुन्छ ।

(योनी धेरै चिलाउनु र शरीरमा स(साना फोकाहरु देखिनु ।

इम्यूनोडेफिशियेन्सी भाइरस (एचआइभी)

एड्सको कारण उत्पन्न हुने भाइरसलाई एचआईभी भनिन्छ । यो रगत, योनी,स्तनको दुधको माध्यमबाट सर्न सक्छ । यसका निम्न लक्ष्ँणहरु हुन्छन् ।

(मन्द ज्वरो आउनु

(थकाइ लाग्नु

(मांसपेशी दुख्नु

(वजन घट्नु आदि

तपाईंमा यी मध्ये कुनै पनि समस्या देखियो भने तुरुन्त चिकित्सकसंग भेटेर परामर्श लिनु पर्छ ।

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ८ : ४६ बजे

एमाले नेतृत्वमा ओलीकै विकल्प छैन : भक्त गुरुङ

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा गैर-भौगोलिक समूहका प्रतिनिधि

ओलीले अघि सारे ‘नेपाली विशेषताको समाजवाद’ : जबज माक्र्सवादको नेपाली रुप हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो

प्रधानमन्त्री ओलीः “म जति पनि हेपिन तयार छु, देशलाई हेपेको सहन्नँ”

ललितपुर । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले

एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ राई पुनः नियुक्त

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (CEO) मा

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले