२०८२, २६ फाल्गुन बुधबार

हेर्नुहोस् संविधान दिवसका उत्कृष्ट तस्विरहरु (फोटो फिचर)

हेर्नुहोस् संविधान दिवसका उत्कृष्ट तस्विरहरु (फोटो फिचर)


काठमाडौं, ३ असोज :  संविधान दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको खुशीयालीमा देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको हो ।

दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीलगायत विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए । कार्यक्रममा विभिन्न किसिमका साँस्कृतिक कार्यक्रम, विभिन्न झाँकी र कवाजहरु प्रदर्शन गरिएका छन् ।
त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गर्न र घर घरमा राष्ट्रिय झण्डा राख्न सरकारले सबै नागरिकलाई आग्रह गरेको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ ।

‘नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमा समेत मनाउने निर्णय गरेको थियो ।

विश्वकै उत्कृष्ट भनिएको यो संविधानका खास केही गणतन्त्र, संघीयता र धर्म्निरपेक्षताजस्ता विशेषता छन् । जनताद्धारा र जनताका लागि बनाइएको यही संविधानअनुसार मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको छ भने आवधिक निर्वाचन समेत भएर तीन तहका सरकार बनिसकेका छन् ।

संविधान जारी भएपछि पनि भारतले नाकाबन्दी लगाउँदा देशको अर्थतन्त्र नै धराशायी हुन पुगेको थियो ।
यद्यपी, जनताका प्रतिनिधिले पहिलो पटक बनाएको संविधानमाथि चुनौती र विरोध पनि थपिँदै छन् । संसदभित्र र बाहिरबाट संविधानमाथि विभिन्न खाले प्रहार हुँदै आएका छन् ।

तस्विर रासस

प्रकाशित मिति : २०७६, ३ आश्विन शुक्रबार  ८ : ५३ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा