२०८२, २ असार सोमबार

आज वि.सं. २०७६ असोज ३ गते शुक्रबारको राशिफल हेर्नुहोस

आज वि.सं. २०७६ असोज ३ गते शुक्रबारको राशिफल हेर्नुहोस


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरू जुट्नाले चिताएको काम छिटै सम्पादन हुनेछ। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ। मनोरञ्जनमा अलमलिनाले काममा पछि परिनेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायिक यात्रा गर्नुपर्ने हुन सक्छ। भौतिक साधनको कमीले पनि आँटेको काममा विलम्ब हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। तर आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। लगानीतर्फ लागत बढ्नेछ। पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ। प्रतिस्पर्धीहरू बाट सावधान रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा विशेष सजगता अपनाउनुहोला। बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। नयाँ काम थाल्न शुभचिन्तकहरूले साथ दिनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ। ईर्ष्यालु मन भएकाहरूले अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

प्रकाशित मिति : २०७६, ३ आश्विन शुक्रबार  ५ : १४ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार