२०८३, २८ असार सोमबार

गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?

गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?


भगवान गणेशको नाम कुनै पनि कार्य गर्दा सवैभन्दा पहिले उच्चारण गरिन्छ । शास्त्रमा समेत सवैभन्दा पहिले लेखिएको हुन्छ– श्री गणेशायः नमः । गणेशको प्रसिद्धि यत्रतत्र हुँदा समेत उनले आफ्नो बहान किन मुसालाई बनाए भन्ने सबैलाई थाहा नहुन सक्छ । गणेले आफ्नो वाहनका रुपमा मुसालाई बनाएको विषयमा विभिन्न प्राचीन किंबदन्तिहरु छन् । एक किंवदन्ति अनुसार प्राचीन समयमा ‘गजमुखासुर’ (हात्तीको जस्तो मुख भएको) राक्षस थियो । उसले सवै देवताहरुलाई आक्रमण गर्ने गर्थ्यो ।

गजमुखासुरबाट आजित देवगणहरु त्यो राक्षसबाट छुटकारा पाउन गणेशका सामु पुगे । भगवान गणेशको डरले उक्त गजमुखासुर राक्षस मुसा बनेर भाग्न थाग्यो । त्यसपछि त्यो मुसालाई समातेर उनले आफ्नो वाहन बनाएका थिए ।

एक अर्को किंबदन्ति अनुसार देवताका राजा इन्द्रको दरबारमा ‘क्रोंच’ नाम गरेका गन्धर्व थिए । एक दिन क्रोंचले गल्तीले वामदेव नाम गरेका ऋषिको खुट्टामा खुट्टा राखिदिएछन् । यो हर्कतले ऋषि क्रोधित भइ गन्धर्बलाई मुसा बन्ने श्राप दिए ।

क्रोंचले अन्जानमा भएको गल्तीलाई लिएर वामदेव ऋषिसँग माफी मागे । ती गन्धर्बले माफी मागेपछि ऋषिले आफ्नो श्राप फिर्ता नलिइ उनलाई मुसाको रुपमा तिमी भगवान गणेशको वाहन बन्नेछौं भन्दै तथास्तु भनिदिए । जसबाट तिम्रो कल्याण हुनेछ भने । त्यसपछि गणेशको वाहनका रुपमा मुसा बनेको किंबदन्ती प्रचलनमा रहेको पाइन्छ ।

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  ८ : १८ बजे

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द

काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण