२०८३, ७ कार्तिक शनिबार

गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?

गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?


भगवान गणेशको नाम कुनै पनि कार्य गर्दा सवैभन्दा पहिले उच्चारण गरिन्छ । शास्त्रमा समेत सवैभन्दा पहिले लेखिएको हुन्छ– श्री गणेशायः नमः । गणेशको प्रसिद्धि यत्रतत्र हुँदा समेत उनले आफ्नो बहान किन मुसालाई बनाए भन्ने सबैलाई थाहा नहुन सक्छ । गणेले आफ्नो वाहनका रुपमा मुसालाई बनाएको विषयमा विभिन्न प्राचीन किंबदन्तिहरु छन् । एक किंवदन्ति अनुसार प्राचीन समयमा ‘गजमुखासुर’ (हात्तीको जस्तो मुख भएको) राक्षस थियो । उसले सवै देवताहरुलाई आक्रमण गर्ने गर्थ्यो ।

गजमुखासुरबाट आजित देवगणहरु त्यो राक्षसबाट छुटकारा पाउन गणेशका सामु पुगे । भगवान गणेशको डरले उक्त गजमुखासुर राक्षस मुसा बनेर भाग्न थाग्यो । त्यसपछि त्यो मुसालाई समातेर उनले आफ्नो वाहन बनाएका थिए ।

एक अर्को किंबदन्ति अनुसार देवताका राजा इन्द्रको दरबारमा ‘क्रोंच’ नाम गरेका गन्धर्व थिए । एक दिन क्रोंचले गल्तीले वामदेव नाम गरेका ऋषिको खुट्टामा खुट्टा राखिदिएछन् । यो हर्कतले ऋषि क्रोधित भइ गन्धर्बलाई मुसा बन्ने श्राप दिए ।

क्रोंचले अन्जानमा भएको गल्तीलाई लिएर वामदेव ऋषिसँग माफी मागे । ती गन्धर्बले माफी मागेपछि ऋषिले आफ्नो श्राप फिर्ता नलिइ उनलाई मुसाको रुपमा तिमी भगवान गणेशको वाहन बन्नेछौं भन्दै तथास्तु भनिदिए । जसबाट तिम्रो कल्याण हुनेछ भने । त्यसपछि गणेशको वाहनका रुपमा मुसा बनेको किंबदन्ती प्रचलनमा रहेको पाइन्छ ।

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  ८ : १८ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने