२०८२, १८ भाद्र बुधबार

सत्य घटनामा आधारित गीत ‘जालमा फसायौ २’ सार्वजनिक (भिडियाे सहित)

सत्य घटनामा आधारित गीत ‘जालमा फसायौ २’ सार्वजनिक (भिडियाे सहित)


वास्तविक घटनामा आधारित लोकदोहोरी गीत जालमा फसायौको भाग २ सार्वजनिक भएको छ । नेपाली युवा विदेशि भुमिमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो भने भाग २ मा आफन्त (ज्वाई) गुमाउँदा माईति पक्ष ( आमा, बुबा, दाई, भाउजु) लाई पर्न गएको बेदनालाई समेटिएको डिएआर मुभिजका राजाराम गौतमले बताए ।

जालमा फसायौ २ गीतबाट भएको कमाई÷रकम सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गाउँपालिका वडा नं ५ एसेलुखर्कमा रहेको, मिना थापाले संचालन गर्नुभएको मदर सिस्टर नेपाल बालगृहलाई दिने गौतमले जानकारी दिनुभयो । बालगृहमा विनाशकारी भुकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालीकाले संरक्षण पाईरहेका छन् ।

जालमा फसायौ २ मा स्वर बिमाकुमारी दुरा, गीतादेवी, पार्वती कार्कि, प्रभावन जे र भुवन प्रकाश बडुको रहेको छ । परिकल्पना तथा निर्देशन प्रभावनजेको रहेको म्युजिक भिडियोमा अग्रज कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्कि, सानु पाण्डे, पुष्प अवस्थि, दामोदर गौतम, सरोज दाहाल र सहयोगी कलाकारको रुपमा पुजा पाठक, राम प्रसाद न्यौपानेले अभिनय गरेका छन् ।

प्रभावन जेको लय, शब्द तथा संगीत संयोजन रहेको गीतको ध्वनी सम्पादन मनोज डंगोल, एरेन्ज भुवन प्रकाश बडु र जिवन बडु ले गरेका छन् भने बिग परिवेश स्टुडियोमा गीत रेर्कड गरिएको हो । व्यवस्थापन विवेक चौलागाई, श्रृगार शर्मिला सुनार, व्यवस्थापन सहायक कृष्ण गौतम र गोकुल दंगालले गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरि धुलिखेल र रोशि गाउँपालिकामा छायाँकन गरिएको म्युजिक भिडियोमा ड्रोन÷क्यामेरा रोनिश तामाङ, कला राजाराम गौतम, सहायक निर्देशन÷सम्पादन नविन भट्टको रहेको छ भने परिकल्पना तथा निर्देशन प्रभावनजेको रहेको छ । लामो समयको (६ महिना भन्दा बढी) पूर्व तयारी गरी ४ दिन लगाएर शुटिङ गरिएको गित २८ मिनेटको रहेको डिएआर मुभिजका राजाराम गौतमले जानकारी दिए । भिडियोको लिंक तल दिईएको छ ।

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  ६ : ३७ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना