२०८२, ९ चैत्र मंगलबार

खोलाले जीप बगाउँदा एकको मृत्यु, दुई घाइते

खोलाले जीप बगाउँदा एकको मृत्यु, दुई घाइते


चरिकोट, भदौ २० : दोलखाको सुन्द्रावती खोलाले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ । वर्षाका कारण बढेको सुन्द्रावती खोला पार गर्ने क्रममा बा १९ च ४३९० नम्बरको जीपलाई बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सई सेते तामाङले जानकारी दिए ।

जीप बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका विकज पोखरेल र रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ का पवन पौडेल घाइते भएको तामाङले बताए। उनीहरुको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति करिब ११ बजे सिंगटीबाट चरिकोट आउँदै गरेको जीपलाई खोलाले बगाएर करिब १० मिटर तल पुर्‍याएको थियो ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ८ : ३५ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार