२०८२, १२ फाल्गुन मंगलबार

डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु

डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु


मेलम्ची, १९ भदौ : डेङ्गु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेलले डेङ्गु भएको भन्दै काठमाडौँ लैजान सुझाव दिइएको थियो । परिवार र आफन्तले राजधानीको बानेश्वरस्थित भेनस अस्पताल पु¥याएको हो । अस्पतालले डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको प्रमाणित गरेको इन्द्रावती गाउँपालिका–१२ का अध्यक्ष कमलरत्न दनुवारले जानकारी दिनुभयो ।

अस्पतालले दनुवारको मृत्यु डेङ्गुकै कारणले भएको प्रमाणित गरेपछि भिमटारमा गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ । गाउँवासीमा डेङ्गुको थप सङ्क्रमण हुन सक्ने र त्यसलाई रोकथामका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, १९ भाद्र बिहीबार  ६ : ०४ बजे

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले

घरदैलोमा महेश बस्नेतको साथमा युवा पुस्ता, चित्तपोलवाीको आव्हान, सूर्यमा मतदान

भक्तपुर, ११ फागुन । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको कालापत्र सडकदेखि चोकचोकको