२०८२, ९ चैत्र मंगलबार

अज्ञात समूहद्वारा बाबु र छोराको हत्या

अज्ञात समूहद्वारा बाबु र छोराको हत्या


वालिङ, १७ भदौ: स्याङ्जाको हरिनास–३ ललईमा धारिलो हतियार प्रयोग गरी बाबु र छोराको हत्या भएको छ । हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरका अनुसार आज बिहान अन्दाजी ४ बजेको समयमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ३० वर्षीय चित्रबहादुर खड्का र चार वर्षीय रिजन खड्काको हत्या गरेको हो ।

बाबु र छोराको कम्मरभन्दा माथिको भागमा झण्डै आठ÷दश ठाउँमा धारिलो हतियारको चोट रहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षक राजकुमार लम्साल, प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारी तथा पोखराबाट कुकुरसहित आएको प्रहरी टोलीले घटनास्थलको अनुगमन गरेर फर्किएको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताउनुभयो ।

घटनास्थल इलाका प्रहरी चौकीबाट झण्डै दुई किलोमिटरको दूरीमा रहेको छ । उक्त स्थानमा दुई घर मात्रै रहेको बताइएको छ । हत्या कसले र किन ग¥यो भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  ५ : ४१ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार