२०८२, २९ पुस मंगलबार

नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु

नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु


काठमाण्डौ १५ भदौ: विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु भएको छ । आकाशे पुलको निर्माण आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने योजना रहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

बीचमा फलाम र दुवैतर्फ कङ्क्रिट भएको आकाशे पुल निर्माण गर्न लागिएको डिभिजनका प्रमुख कैलाशकुमार श्रेष्ठले बताउनुभयो । सो स्थानमा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय अगाडि रहेको पुल जस्तै डिजाइनमा पुल निर्माण हुनेछ । पुल निर्माण तोकिएको अवधिभन्दा पनि चाँडो सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पुलको निर्माण सकेसम्म चाँडो सम्पन्न गर्न हामीले ठेकेदार कम्पनीलाई भनिरहेका छौँ ।” रु दुई करोड ५० लाख बजेटमा कात्तिकसम्ममा सम्पन्न गर्ने गरी गत वैशाखमा ठेक्का सम्झौता भएपछि अहिले काम शुरु भएको डिभिजनले जनाएको छ ।

नयाँबानेश्वर जस्तै कोटेश्वर र बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माण गर्ने योजना रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । कोटेश्वरमा आकाशे पुल निर्माणका लागि बजेट भए पनि उपयुक्त स्थानको खोजी भइरहेको छ । उहाँले भन्नुभयो, “स्थान छनोट हुनासाथ ठेक्का प्रक्रिया अघि बढ्नेछ ।” रासस

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  ३ : ४८ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका