२०८२, ९ चैत्र मंगलबार

नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु

नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु


काठमाण्डौ १५ भदौ: विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु भएको छ । आकाशे पुलको निर्माण आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने योजना रहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

बीचमा फलाम र दुवैतर्फ कङ्क्रिट भएको आकाशे पुल निर्माण गर्न लागिएको डिभिजनका प्रमुख कैलाशकुमार श्रेष्ठले बताउनुभयो । सो स्थानमा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय अगाडि रहेको पुल जस्तै डिजाइनमा पुल निर्माण हुनेछ । पुल निर्माण तोकिएको अवधिभन्दा पनि चाँडो सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पुलको निर्माण सकेसम्म चाँडो सम्पन्न गर्न हामीले ठेकेदार कम्पनीलाई भनिरहेका छौँ ।” रु दुई करोड ५० लाख बजेटमा कात्तिकसम्ममा सम्पन्न गर्ने गरी गत वैशाखमा ठेक्का सम्झौता भएपछि अहिले काम शुरु भएको डिभिजनले जनाएको छ ।

नयाँबानेश्वर जस्तै कोटेश्वर र बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माण गर्ने योजना रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । कोटेश्वरमा आकाशे पुल निर्माणका लागि बजेट भए पनि उपयुक्त स्थानको खोजी भइरहेको छ । उहाँले भन्नुभयो, “स्थान छनोट हुनासाथ ठेक्का प्रक्रिया अघि बढ्नेछ ।” रासस

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  ३ : ४८ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार