२०८२, ९ चैत्र मंगलबार

भिमखोरीमा बिजुली बलेसँगै उज्यालियो स्थानीयको मुहार

भिमखोरीमा बिजुली बलेसँगै उज्यालियो स्थानीयको मुहार


धुलिखेल १५ भदौ: मेर्पाकी ७६ बर्षीय डम्बर कुमारी रुचालले पहिलो पटक स्वीच प्याट पारिन । घरको कोठा उज्यालियो । त्यो भन्दा बढी उनको मुहार उज्यालिएको आभाष देखिन्थ्यो ।

किन भने यसअघि उनको घरमा बिजुली बत्ती बलेको थिएन् । उनको घर त के गाउँमै पनि बिजुली पुगेको थिएन् । टुकीको साहारामा ७६ वर्ष कटाएकी डम्बर कुमारी गाउँमा बिजुली आउने कुराले उसै पनि खुशी थिइन् । आफ्नै घरमा बिजुली बलेपछि उनको खुशीले सिमा काट्यो । ‘टुकी बत्ती बालेरै यतिका वर्ष बित्यो, उनले सुनाइन् तर यो उमेरमै भएपनि आफ्नो घरको चोटा, कोठामा बिजुली बाल्न पाइयो धेरै खुशी लागेको छ ।’

डम्बर कुमारीको जस्तै सोहोरेका ५५ वर्षीय युक्त बहादुर आलेको घरमा पनि बिजुली बल्न थालेको छ । टुकीको साहारामा बिताएको रातहरु सम्झदैँ युक्तले भने युद्ध जितेको जस्तै भएको छ । राजधानीबाट नजिकको जिल्ला भएरपनि बिजुलीको मुहार देख्न यत्तिको बर्ष कुर्नु पर्यो ।

डम्बर कुमारी र युक्त बहादुरको नजिकै पर्ने तल्लो केराबारी, माथिल्लो केराबारी र भोटेसालु गाउँका केहि स्थानीयले भने केहि वर्षअघि देखिनै साना जल विद्यूत आयोजनाबाट उत्पादन भएको विजुली बत्ति बालिसकेका थिए ।

तर रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ नम्बरका एक दर्जनभन्दा बढी गाउँमा भने विद्यूत सेवा पुग्न सकेको थिइन् । अघिल्लो हप्ता देखि भने यी वडाका गाउँहरुमा पनि विजुली बत्ती पुगेको छ । गाउँ विद्यूत सेवा पुर्याएर स्थानीयको मुहारमा उज्यालो थपेको हो नयाँ किरण विद्यूत सहकारी संस्थाले । यो संस्थाले गाउँमा विद्यूत सेवा पुर्याउन २०७० माघ १० गतेबाट कामको थालनि गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभाग अन्तर्गत नयाँ किरण विद्युत सहकारी संस्थाले पुर्याएको विजुलीबाट पहिलो चरणमा वडा नम्बर १२ को रातमाटा, हाइटार, हर्कपुर, शिखरपुर, घ्याङडाँडा, केराबारी, कम्मरदेउ, च्याँख्ले, डाँडपाखा, आँपडाँडा, भोटेशालु र मगरशालु गाउँ झिलिमिलि भएको छ ।

त्यस्तै वडा नं. ११ को माम्तिबेशी, पिप्ले, रामरिङ, जुगेपानी, कातार्जे मिन्दुपा, मेर्पा र सोहोरे गाउँका स्थानीयले विजुली बत्ति बाल्न सुरु गरेको नयाँ किरण विद्यूत सहकारी संस्थाका अध्यक्ष चन्द्र माया तामाङले बताइन् । यी दुबै वडाका गरी एक हजार घरधुरी लाभान्वित भएका छन् । अध्यक्ष तामाङले गाउँमा बिजुली पुर्याउन सुरुवाती अवस्थामा गर्नुपरेको संघर्षका ती दिन सम्झदैँ गाउँमा बिजुली पुगेसँगै नयाँ आयाम आइपुगेको बताइन् ।

अहिले यी गाउँमा विजुली पुर्याउनका लागि ५० केभिए र १०० केभिए भोल्टेज गरी ८ वटा लोडसेण्टर (ट्रन्सफरमर) जडान गरिएको छ । तेमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्था लिमिटेडको सेवा क्षेत्रभित्र पर्ने टेकानपुरमा ट्यापिङ गरिएको छ । त्यस्तै तेमाल गाउँपालिका वडा नं. १ मा रहेको आधाबाटमा समेत टिओडी मिटर जडान गरिएको अध्यक्ष तामाङले बताइन् ।

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  १० : १४ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार