२०८२, ९ चैत्र मंगलबार

नगरप्रमुख टिपी शर्माद्वारा दुई विद्यार्थीलाई छात्रवृत्ति

नगरप्रमुख टिपी शर्माद्वारा दुई विद्यार्थीलाई छात्रवृत्ति


काभ्रे, १५ भदौ: नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले असहाय एवं आर्थिक अवस्था कमजोर भएका दुई जना बालकलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्नुभएको छ । उहाँले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएका दुई जना बाबु नभएका बालकलाई प्लसटु विज्ञान सङ्काय अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

नमोबुद्ध नपा–४ मेथिनकोटका बाबु नभएका १५ वर्षीय शिवराज चिमौरिया र नमोबुद्ध नपा–२ फूलबारीका १५ वर्षीय दिपेश गौतमलाई कक्षा ११ र १२ अध्ययनका लागि दुई वर्षको छात्रवृत्ति प्रदान गरेको नगरप्रमुख तिमल्सिनाले बताउनुभयो ।

नगर कार्यालयबाट प्राप्त सुविधाबाट दुई जना बालकलाई उच्च शिक्षाका लागि सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाबु नभएका दुई जना बालकलाई यो वर्ष छात्रवृत्ति प्रदान गरेको छु, ।

” एसइई परीक्षामा चिमौरियाले ए प्लस (३ दशमलव ७५) र गौतमले ए प्लस (३ दशमलव ०७) अङ्क प्राप्त गरेका थिए । बाबु नभएका दुवै जना बालकलाई यसअघि आ–आफ्ना काकाले घरायसी हेरचाह एवं विद्यालय शिक्षामा सहयोग गर्दै आएका थिए ।

काभ्रेपलाञ्चोकको बनेपास्थित निष्ट कलेजमा अध्ययनको तयारी गर्दै रहेका गौतमले भने “आफूले चाहेको विषय पढ्न पाएकामा प्रमुखलाई धेरै धन्यवाद दिन चाहन्छु, उहाँको सहयोगलाई सदुपयोग गर्नेछु”, नगरप्रमुख तिमल्सिनाले दुई जना बालकका लागि कलेजमा लाग्ने स्टेशनरीसहित सम्पूर्ण खर्च ब्यहोर्ने बताउनुभएको छ । रासस

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  ९ : ३६ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार