२०८२, २० श्रावण मंगलबार

लोकन्थलीमा पुनःपहिरो: सडक भासियो, छ घर उच्च जोखिममा

लोकन्थलीमा पुनःपहिरो: सडक भासियो, छ घर उच्च जोखिममा


मध्यपुरथिमि, १५ भदौ: मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ । मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो ।

पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ ।

पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो । पहिरो दुई वटा घरको जगमा पुगेको छ भने ती घरका सामान अन्यत्र सार्नुका साथै बासिन्दासमेत अन्यत्र बसी घर खाली गरेको छ ।
खानेपानी समस्या समाधान गर्न सरकारको रु एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो ।

३ गतेको पहिरोमा चर्काएको ठाउँमा पहिरो रोकथामको प्रयास भइरहँदा त्यससँगै पश्चिमतर्फ पनि आज पुनःपहिरो गएको उहाँले जानकारी दिनुभयो । यहाँका घर र पूर्व तथा पश्चिमको कालोपत्र सडकसमेत पहिरोमा भासिने जोखिममा रहेको बताउँदै उहाँले ३ गते भएको सहमतिअनुसार तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम व्यहोर्नुपर्ने बताउनुभयो । ३ गते पहिरो गएको ठाउँमा पहिरो रोकथामका लागि मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन शुरु गरे पनि अर्को ठाउँबाट पुनः पहिरो जान थालेको हो ।

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  ८ : १७ बजे

एमाले विधान महाधिवेशन विचार, संगठन र कार्यदिशाको नयाँ जग हो : महासचिव पोखरले

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको आसन्न

नेपाललाई भूजडित बनाउने लक्ष्यस् ओलीले भारत–चीनसँग सहकार्यको खाका कोरे

आवाजा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीले लिए शपथ

मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले आज

बागमतीमा एमालेले टुंग्यायो मन्त्रीको सूची, बानियाँ नेतृत्वको सरकारमा पाँच नयाँ अनुहार

हेटौंडा । बागमती प्रदेशमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्न

प्रधानमन्त्री ओलीको सहभागितामा एलएलडिसी सम्मेलन सुरु

काठमाडौं । तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजित भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो