२०८२, २९ पुस मंगलबार

ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, ३ घाइते

ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, ३ घाइते


रुकुम पश्चिम, १४ भदौ : रुकुम आठबीसकोट नगरपालिका–६ मन्काबगरमा आज विहान ट्र्याक्ट दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका ट्र्याक्टर चालक आठबीसकोट नगरपालिका–६ दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी, सोही ठाउँका १७ वर्षीय बलबहादुर विक र सोही वडाको छिमीका १५ वर्षीय मोहन बोहराको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेका प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

घाइतेमध्ये चालक वादीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उहाँको भनाइ छ । दामाचौरबाट करपगार जाँदै गरेको भे१च ७८९३ नंको ट्र्याक्टर सडकबाट करीब १०० मिटर तल भेरी नदीको किनारामा खसेर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०७६, १४ भाद्र शनिबार  ६ : २७ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका