२०८२, २३ पुस बुधबार

युवावर्ष ‘मोती’ पुरस्कार काभ्रेका फुलमान वल र धनकुटे कान्छालाई प्रदान

युवावर्ष ‘मोती’ पुरस्कार काभ्रेका फुलमान वल र धनकुटे कान्छालाई प्रदान


काठमाडौँ, १३ भदौ : युवावर्ष ‘मोती’ पुरस्कार साहित्यकार काभ्रेका फूलमान वल र शङ्कर चापागाईँ (धनकुटे) कान्छा लाई प्रदान गरिएको छ ।

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्तीका अवसरमा नेपाल शिक्षा परिषद्मा आज आयोजित कार्यक्रममा विसं २०७६ को युवावर्ष मोती पुरस्कार वल र चापागाईंलाई प्रदान गरिएको हो ।

विस २०४२ मा कोषद्वारा स्थापना गरिएको पुरस्कार राशि रु ५० हजार नगद र स्वर्णपदक रहेको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापना गरिएको उक्त पुरस्कार इतिहासविद्, संस्कृतिविद् एवं शताब्दीपुरुष सत्यमोहन जोशीले वल र चापागाईंलाई प्रदान गर्नुभयो ।

कार्यक्रममा शताब्दीपुरुष जोशीले नेपाली भाषा, साहित्यको विकास र विस्तारमा युवा साहित्यकारहरु लाग्नुपर्ने बताउनुभयो । “युवा साहित्यकारहरुले नै नेपालको भाषा र साहित्यलाई जोगाउन सक्छन्”, उहाँले भन्नुुभयो ।

राष्ट्रिय युवा सेवा कोषले युवा साहित्यकारलाई अगाडि बढाउन गरेको काम सराहनीय रहेको उहाँको भनाइ थियो ।
कोषका अध्यक्ष भीमबहादुर अधिकारीले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धिमा युवाकवि मोतीराम भट्टको महत्वपूर्ण योगदान रहेकाले उहाँको नाममा पुरस्कार स्थापना गरिएको बताउनुभयो ।

कोषका महासचिव लक्ष्मण थापाले कोषले मोतीराम भट्टको विषयमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको जानकारी दिनुभयो । कोषले हालसम्म युवावर्ष मोती पुरस्कारबाट ६० भन्दा बढी युवा साहित्यकारलाई सम्मान गरिसकेको छ ।

सोही अवसरमा यसैवर्ष दिवङ्गत हुनुभएका १९ साहित्यकारलाई सम्झना गर्नुका साथै समस्यापूर्ति कवि सम्मेलनको समेत आयोजना गरिएको थियो ।

यसवर्ष दिवङ्गत हुने साहित्यकारहरुमा हेमराज ज्ञवाली, सुशीला शाह ९राणा०, मोहनराज शर्मा, मदनमणि दीक्षित, शिव रेग्मी, विष्णुप्रसाद पौडेल, बसन्तकुमार शर्मा, प्रा डा टीकाराम अधिकारी, रीता शाह, लक्ष्मीदेवी सुन्दास, दुर्गा दाहाल, अच्युत मल्ल, हरिबहादुर ढुङ्गानालगायत हुनुहुन्छ । रासस

प्रकाशित मिति : २०७६, १३ भाद्र शुक्रबार  ६ : २८ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय