२०८३, २९ भाद्र मंगलबार

काभ्रेको सहरी विकासमा मन्त्री बाँस्कोटाको चासो, बनेपाको फोहोर ब्यबस्थापन गर्न सडक मार्ग निर्माण गरिने

काभ्रेको सहरी विकासमा मन्त्री बाँस्कोटाको चासो, बनेपाको फोहोर ब्यबस्थापन गर्न सडक मार्ग निर्माण गरिने


काठमाडौं ११ भदौ : सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले काभ्रे जिल्लाको शहरी विकासका बारे छलफल थालेका छन् ।

मन्त्री बास्कोटाले मंगलबार शहरी बिकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी, सहरी तथा भवन निर्माण बिभागका महानिर्देशक मणिराम गेलाल, जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख तथा प्राबिधिकसँग काभ्रे जिल्लामा सञ्चालनमा रहेका र सञ्चालन गर्न सकिने शहरी विकास परियोजनाका बारे छलफल थालेका हुन ।

सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटा र विभिन्न मन्त्रालयका सचिवहरुसंग छलफल

मन्त्री बास्कोटाले आफ्नै मन्त्रालयमा सहरी विकाससँग सम्बन्धीत सरोकारवाला निकायलाई बोलाएर छलफल गरेको उनको नीजि सचिवालयले जनाएको छ । मन्त्री बास्कोटा आफ्नै परिकल्पना गरेको पुण्यामाता करिडोरका बारे विशेष छलफल भएको थियो ।

छलफलमा करिडोरको डिपिआर गत वर्षमै सकिएको र चालु आर्थिक वर्षमा ठेक्का प्रक्रियामा जाने प्रतिबद्धता व्यक्त गरेको सहरी विकास मन्त्रालयले जनाएको छ । त्यसै गरी काभ्रे जिल्लाकै अर्को महत्वपुर्ण परियोजनाहरु काभ्रे भ्याली एकीकृत खानेपानी आयोजना र पनौती क्षेत्रीय रंगशालाको पनि प्रगति विवरण, बर्तमान अवस्था, समस्याका बारे गहन छलफल भएको छ ।

मन्त्री बास्कोटासँगको छलफलमा बनेपा, धुलिखेल, पनौती लगायत नगरपालिकाको फोहोर ब्यबस्थापन गर्न सडक मार्ग निर्माण गर्न र हिले जलजले लगायत बैकल्पिक खानेपानी ब्यबस्थापन सहितको बहुउद्देश्यीय परियोजनाको लागी थप कार्य अगाडि बढाउन बिभागले प्रतिबद्धता ब्यक्त गरेको छ ।

छलफलमा मन्त्री बास्कोटाले सबै परियोजनालाई समयमै कार्यसम्पादन गर्न सहरी विकास मन्त्रालयका सचिव, बिभागका महानिर्देशक र परियोजनाका टिमलाई निर्देशन दिए । उनले परियोजना कार्यान्वयनका बेला आइपर्ने समस्या समाधानमा आवश्यक सहयोग र सहजीकरणको गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय सांसदमा निर्वाचित बास्कोटा मन्त्री भएपछि पहिलो पटक जिल्लामा सञ्चालित र सञ्चालन हुने परियोजनाका बारे सचिव स्तरीय छलफल गरेका हुन् ।

प्रकाशित मिति : २०७६, ११ भाद्र बुधबार  ९ : २३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक