२०८२, २७ भाद्र शुक्रबार

काभ्रेको सहरी विकासमा मन्त्री बाँस्कोटाको चासो, बनेपाको फोहोर ब्यबस्थापन गर्न सडक मार्ग निर्माण गरिने

काभ्रेको सहरी विकासमा मन्त्री बाँस्कोटाको चासो, बनेपाको फोहोर ब्यबस्थापन गर्न सडक मार्ग निर्माण गरिने


काठमाडौं ११ भदौ : सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले काभ्रे जिल्लाको शहरी विकासका बारे छलफल थालेका छन् ।

मन्त्री बास्कोटाले मंगलबार शहरी बिकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी, सहरी तथा भवन निर्माण बिभागका महानिर्देशक मणिराम गेलाल, जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख तथा प्राबिधिकसँग काभ्रे जिल्लामा सञ्चालनमा रहेका र सञ्चालन गर्न सकिने शहरी विकास परियोजनाका बारे छलफल थालेका हुन ।

सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटा र विभिन्न मन्त्रालयका सचिवहरुसंग छलफल

मन्त्री बास्कोटाले आफ्नै मन्त्रालयमा सहरी विकाससँग सम्बन्धीत सरोकारवाला निकायलाई बोलाएर छलफल गरेको उनको नीजि सचिवालयले जनाएको छ । मन्त्री बास्कोटा आफ्नै परिकल्पना गरेको पुण्यामाता करिडोरका बारे विशेष छलफल भएको थियो ।

छलफलमा करिडोरको डिपिआर गत वर्षमै सकिएको र चालु आर्थिक वर्षमा ठेक्का प्रक्रियामा जाने प्रतिबद्धता व्यक्त गरेको सहरी विकास मन्त्रालयले जनाएको छ । त्यसै गरी काभ्रे जिल्लाकै अर्को महत्वपुर्ण परियोजनाहरु काभ्रे भ्याली एकीकृत खानेपानी आयोजना र पनौती क्षेत्रीय रंगशालाको पनि प्रगति विवरण, बर्तमान अवस्था, समस्याका बारे गहन छलफल भएको छ ।

मन्त्री बास्कोटासँगको छलफलमा बनेपा, धुलिखेल, पनौती लगायत नगरपालिकाको फोहोर ब्यबस्थापन गर्न सडक मार्ग निर्माण गर्न र हिले जलजले लगायत बैकल्पिक खानेपानी ब्यबस्थापन सहितको बहुउद्देश्यीय परियोजनाको लागी थप कार्य अगाडि बढाउन बिभागले प्रतिबद्धता ब्यक्त गरेको छ ।

छलफलमा मन्त्री बास्कोटाले सबै परियोजनालाई समयमै कार्यसम्पादन गर्न सहरी विकास मन्त्रालयका सचिव, बिभागका महानिर्देशक र परियोजनाका टिमलाई निर्देशन दिए । उनले परियोजना कार्यान्वयनका बेला आइपर्ने समस्या समाधानमा आवश्यक सहयोग र सहजीकरणको गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय सांसदमा निर्वाचित बास्कोटा मन्त्री भएपछि पहिलो पटक जिल्लामा सञ्चालित र सञ्चालन हुने परियोजनाका बारे सचिव स्तरीय छलफल गरेका हुन् ।

प्रकाशित मिति : २०७६, ११ भाद्र बुधबार  ९ : २३ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा