२०८३, २० श्रावण बिहीबार

काभ्रेको तेमालमा छिट्टै काठका पोल हटाउने कुलमान घिसिङको घोषणा

काभ्रेको तेमालमा छिट्टै काठका पोल हटाउने कुलमान घिसिङको घोषणा


धुलिखेल, ६ भदौ : नेपाल विद्यूत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङले तेमाल गाउँपालिका भित्रको काठे पोल छिट्टै हटाउने बताएका छन् ।

विद्यूतीय चुलो वितरणका लागि तेमाल पुगेका घिसिङले काभ्रेको तेमाल सहित देशका भर काठे पोल विस्थापित गर्ने बताएका हुन् । ‘अब काठे पोल देख्न पाइने छैन्, घिसिङले भने सुरक्षित पोल मार्फत विद्यूत पुर्याउने अभियान प्राविधिरणले सुरु गरिसकेको छ ।’

तेमाल गाउँपालिकामा ४ हजार ९ सय २९ वटा काठे पोल रहेका छन् । कार्यकारी निर्देशक घिसिङ पुरानो र कम क्षमता भएको ट्रान्सफर्मर तत्काल परिवर्तन गर्न र नयाँ लोडसेण्टर कायम गर्नुपर्ने स्थानमा समेत टान्सफरमर व्यवास्थापन गर्न आफ्नो सहयोग रहँने उनले बताए । ‘कम क्षमता र पुरानो ट्रान्सफर्मरकै कारण पनि बत्ति नियमितता भइरहेको छैन्, उनले भने यसलाई फेर्न जरुरी छ, तपाईहरु माग लिएर आउनोस्, प्राविधिकरणले ब्यवस्था मिलाइदिन्छ ।’ तेमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्थाको सेवा क्षेत्रभित्र जम्मा ३३ वटा लोडसेण्टर मध्ये ५० केभिए भोल्टेजका ८ वटा लोडसेण्टर रहेका छन् ।

यी लोडसेण्टरको क्षमतामा वृद्धि गर्नुपर्ने आवश्यकता कार्यक्रममा संस्थाका अध्यक्षले औंल्याएका थिए । उनले मेच्छे, ठूलोपर्सेल, अमलटारी, बोल्दे लगायतका क्षेत्रमा नयाँ लोडसेण्टर कायम गर्नुपर्ने भएकाले प्राधिकरणबाट सहयोगको अपेक्षा गरेका छौं, कार्यक्रममा अध्यक्ष सार्किमानले भने ।

तेमाल गाउँपालिकाको सबै ९ वटै वडाका एक एक जना प्रतिनिधिलाई विद्यूतीय चुलो हस्तान्तरण गर्दै निर्देशक घिसिङले दाउरा र ग्यासको प्रयोग कम गर्न स्थानीयलाई सुझाए । उनले सन २०२२ भित्र हरेक नेपालीको स्वच्छ भान्सा बनाउने सरकारको लक्ष्य पूरा गर्न विद्यूतीय चुलो महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी समेत गरे । ‘सरकार धुँवा रहित भान्सा बनाउन लागिपरेको छ, काभ्रेमा तेमालबाट यो अभियान सुरु भयो, घिसिङले भने ‘अब हरेक नेपालीको खाना विद्यूतीय उपकरणमा पाक्नेछ ।’ तेमाल गाउँपालिकामा ५ हजार २ सय २६ घरपरिवारले विद्यूत उपभोग गरिरहेका छन् ।

घिसिङले तेमालका हरेक डाँडामा सोलार बत्ती राख्न पनि आग्रह गरे । उनले तेमाल उत्पादित हुने सोलार बत्ती यहि खपत नभए प्राधिकरण किन्ने समेत बताए । ‘तपाईहरुले उत्पादन गरेको विद्यूत बढी होला भन्ने चिन्ता नलिनु होला, घिसिङको भनाई छ, ‘विद्यूत उत्पादन गरेर तेमालको डाँडा उज्यालो बनाउनोस्, बढि भयो भने प्राधिकरणले किन्छ ।’

विद्यूत प्राधिकरणका कार्यकारी अधिकृत घिसिङले तेमालमै बन्न लागेको सुनकोशी जलशययुक्त जल विद्यूत आयोजनाको काम पनि भइरहेको बताए । ‘सुनकोशी तेस्रोको लागत अध्ययन भइरहेको छ, घिसिङले भने ‘लागतको प्रतिवेदन आइसकेपछि कुल मोडलमा निर्माण गर्ने भन्ने कुराको टुंगो लगाउँछौँ ।’

तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्न सहज नभएको उल्लेख गर्दै लोडसेडिङ हुँदा उपभोक्ताले फलामको टाउको लिएर आउनु भनेर समेत तर्साएको सम्झिए । कार्यक्रममा अध्यक्ष तामाङले तेमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारीलाई सामुदायिक ग्रामीण विद्युतीकरण विभागमा रहँदा कुलमान घिसिङ र सामुदायिक विद्युत उपभोक्ता महासंघका तत्कालिन महासचिव नारायण ज्ञवालीले पनि उत्तिकै सहयोग पु¥याएको बताए । उनले विद्युत चुलो कार्यक्रम, स्टिल पोल फेर्ने कार्यक्रममा समेत गाउँपालिका सहकार्य गर्न तयार रहेको बताए ।

सहकार्य हुनुप¥यो, हामी हिउँदे अधिवेशनमा प्रस्ताव लगरेर पास गर्न तयार छौं, सम्बोधनका क्रममा उनले भने । संस्थाका अध्यक्ष सार्कीमान तामङको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवाली, काभ्रे वितरण केन्द्रका प्रमुख रञ्जनराज गुरुङ, सामुदायिक विद्युत उपभोक्ता महासंघ काभ्रेका अध्यक्ष संग्रामजीत लामा, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रकी शुभलक्ष्मी श्रेष्ठ, तेमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्थाका सल्लाहकार खड्ग लामा, नेकपाका नेता ईन्द्र तामाङ, गाउँ पालिका उपाध्यक्ष दुर्गामाया तामाङ, नेकपाका नेताहरु प्रदिप लामा, जेनिश लामा, घनश्याम तामाङ, नेपाली कांग्रेसका तिमालसिं लामा, तेमाल विद्युत सहकारीका उपाध्यक्ष इन्द्र अधिकारी, समाजसेवी पाल्साङ तामाङ, तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर लगायत सबै वडाका वडाअध्यक्षहरु लगायत सहभागी रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव ईन्द्रमान तामाङले गरेका थिए । कार्यक्रममा तेमालका सबै वडाबाट उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७६, ७ भाद्र शनिबार  ५ : ११ बजे

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन ः सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार

सुन तोलामा १२ हजार २०० रुपैयाँ महँगियो, प्रतितोला २ लाख ९६ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार दोस्रो दिन पनि