२०८२, ११ फाल्गुन सोमबार

प्रहरीलाई घुस दिने युवक प्रहरीकै फन्दामा

प्रहरीलाई घुस दिने युवक प्रहरीकै फन्दामा


सुर्खेत, ३२ साउन: जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच गर्ने प्रहरीलाई घुस दिने युवकलाई आज पक्राउ गरेको छ ।सवारी जाँच गर्न ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक कमलबहादुर विकलाई घुस दिन खोज्ने वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत भूरेलीगाउँ निवासी १८ वर्षीय युवक जीवन रोकायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रवक्ता क्षेत्रीका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत कुमाईचोकस्थित भे९प ३७४ नंको स्कुटी चालक रोकायसँग सवारी चालक अनुमतिपत्र मागिएको थियो । युवक रोकायले सवारी चालक अनुमतिपत्र नभएको कारण देखाउँदै प्रहरी सहायक निरीक्षक विकलाई आज अपराह्न ५ः०० बजे रु ५०० घुस दिएका थिए । सोही घुस दिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ८ : ४० बजे

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले

घरदैलोमा महेश बस्नेतको साथमा युवा पुस्ता, चित्तपोलवाीको आव्हान, सूर्यमा मतदान

भक्तपुर, ११ फागुन । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको कालापत्र सडकदेखि चोकचोकको