२०८३, २९ भाद्र मंगलबार

तेमालमा नवीनको स्मार्ट वर्किङ् प्रणाली : सुशासनको एउटा असल अभ्यास

तेमालमा नवीनको स्मार्ट वर्किङ् प्रणाली : सुशासनको एउटा असल अभ्यास


तेमाल काभ्रे ३१साउन : काभ्रेको तेमाल गाउँपालिकाले स्मार्ट वर्किङ् प्रणालीको असल अभ्यास थालनी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन गङ्तान लामाको सक्रियतामा शुरुवात गरिएको स्मार्ट वर्किङ् विधिद्वारा एकैदिनमा ५ सयसम्म उपभोक्ता समितिले आफ्नो योजना सम्झौता गर्न सक्छन् ।

कागजात नमिलेर कुनै उपभोक्ता समितिले अलमलिनु र सास्ती खेप्नु पर्दैन । सम्झौताका लागि आवश्यक पर्ने सबैखाले कागजात एकैसाथ तयार हुन्छन् । गाउँपालिकाले तय गरेका योजनालाई क्रमसंख्याका आधारमा अंकित गरिएपछि योजनाको सिरियल नम्बर र योजनाको नाम र उपभोक्ता समितिको नाम प्रवेश गराएपछि सम्झौता तयार हुन्छ ।

गाउँपालिकाका कर्मचारी र उपभोक्ता समितिले कुनै झण्झट व्यहोर्नु पर्दैन । स्थानीय उपभोक्ता समितिका अध्यक्षले समितिको नामावली लिएर गएपछि स्मार्ट वर्किङ् प्रणालीमा छिराउनासाथ उपभोक्ता समितिका लागि आवश्यक सबै काम एकैचोटी सम्पन्न हुन्छ । यति मात्रै होइन सिंगो तेमाललाई स्मार्ट वर्किङ् प्रणालीमा लैजानका लागि तेमालका विभिन्न १० वटा मावि विद्यालयमा सीसी टिभी क्यामेराको व्यवस्था गरी त्यसैबाट अनुगमन गर्ने कामको शुरुवात गरिएको छ । ।

अहिले तेमालको १० माध्यमिक विद्यालय मध्ये ८ वटा विद्यालयमा विदाको समय पारी सीसी टिभी जडान गर्ने कार्य सम्पन्न भएको छ भने लगत्तै बाँकी २ विद्यालयमा समेत यो काम सम्पन्न गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरीले बताएका छन् । चालु आर्थिक वर्षकै बजेटबाट जोडिएको सीसी टिभीबाट शिक्षामा गुणात्मक सुधार हुने विश्वास प्रमुख प्रशासकीय अधिकृत लामाको रहेको छ । तेमालको शिक्षामा सुधार गर्न उनले अतिरिक्त कक्षा सञ्चालनको अभ्यास समेत आफ्नै अगुवाईमा गरेका थिए ।

आफैं कक्षाकोठामा प्रवेश गरी पढाउन शुरु गरेका लामाले आफ्नो योजनामा अघि सारिएको विद्यालयमा जडान गर्ने सीसीटिभी कार्यक्रम कार्यान्वयन नहोला भन्ने चिन्ताले तेमालबाट विदाई हुनुअघि जडान गर्दा बजेट सक्ने मेसो भन्दै स्थानीयद्वारा गरिएका आलोचनाको सामना गर्नु परेको थियो । स्मार्ट वर्किङ अभियानलाई गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ लागायत सिङ्गो गाउँ कार्यपालिकाले समेत साथ दिएको छ । शिक्षाको विकास गर्न सके सबैतिर राम्रो गर्न सकिने सोंचले तेमाल गाउँपालिकामा बजेटद्वार नै शिक्षाका विभिन्न कार्यक्रमहरु तय गरिएका छन् ।

जसमा विद्यार्थी र शिक्षक दुवैलाई प्रोत्साहन दिने विभिन्न उपायहरुको खोजी गरिएको छ । तेमाल गाउँपालिकाबाट जाँदाजाँदै प्रमुख प्रशासकीय अधिकृत लामाले नारायणस्थान माविको कक्षा १० मा प्रवेश गरी विद्यार्थीलाई भने, ‘गाउँपाकिाले १ जनालाई निःशुल्क एचए पढाउने भएको छ, को पढ्नुहुन्छ ? हात उठाउनुस ।’ कक्षाकोठामा भएका विद्यार्थी मध्ये २ जना छात्रा र १ जना छात्रले हात उठाए । त्यसपछि उनले भने –’त्यो छात्रवृद्धि पाउनका लागि राम्रो अंक ल्याउनु पर्छ । त्यसैले अहिलेदेखि नै राम्रोसँग पढ्नुस ।’

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  १० : ५९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक