२०८२, २९ पुस मंगलबार

चितवन तनावग्रस्तः पाँच प्रहरी घाइते

चितवन तनावग्रस्तः पाँच प्रहरी घाइते


चितवन, ३१ साउन: टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई रिहा गर्न भन्दै प्रदर्शनमा उत्रिएको समूहले जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुडा गरेको छ। शुक्रबार साँझ उक्त समूहले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गर्दा ५ जना प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीतर्फका घाइतेहरूको विवरण प्राप्त भएको छैन।

झडपका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास हानेको छ । उग्ररूपमा प्रस्तुत भएका प्रदर्शनकारीहरूले कार्यालयमा ढुङ्गामुडा गरेपछि अश्रुग्यास हान्नुपरेको जानकारी चितवन प्रहरीले दिएको छ । प्रदर्शनमा उत्रिएकामध्ये रवि लामिछानेका केही समर्थ जिप्रका अगाडि पाल टाँगेरै बस्न खोजेका थिए। शुक्रवार साँझसम्म पनि त्यो समूह त्यहाँबाट हट्न नखोजेपछि तनाव बढेको थियो। रविको समर्थनको नाममा भरतपुरमा दिनभर प्रदर्शन भएको थियो । त्यसक्रममा प्रहरीले ५ जना भन्दा धेरैलाई पक्राउ गरेको थियो।

यसैबीच जिल्ला अदालतले चितवनले रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीमाथि अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद दिएको छ। न्यायाधीश विनोदकुमार गौतमको इजलासले बिहीबारदेखि पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धानका लागि प्रहरीलाई म्याद दिएको हो। अदालतले साउन २१ गते चितवनमै मृतअवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले तीनैजनालाई शुक्रबार अदालतमा पेश गरिएपछि पाँच दिनको म्याद मिलेको बताए। प्रहरीले रविसहित तीनैजनालाई काठमाडौंबाट पक्राउ गरेको थियो। रवि र युवराजलाई प्रहरीले पानीपोखरीस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेर मध्यराति चितवन पुर्याएको थियो। त्यस्तै नर्स ‘अस्मिता’ उपनामकी रुकु कार्कीलाई पनि राजधानीबाटै बिहीबार दिउँसो पक्राउ गरिएको थियो।

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ७ : ५३ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका