२०८२, २४ कार्तिक सोमबार

ज्वाइँद्वारा श्रीमती र सासूमाथि खुकुरी प्रहार

ज्वाइँद्वारा श्रीमती र सासूमाथि खुकुरी प्रहार


पाँचथर, ३१ साउन: पाँचथरको कुम्मायक गाउँपालिका–१ पेनधारास्थित एक व्यक्तिले आफ्नै श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेका छन् । झापा जिल्ला दमक नगरपालिका–२ मिलडाँडाका जीवन दर्नालले सासू र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलका अनुसार जीवनको खुकुरी प्रहारबाट उनकी श्रीमती २० वर्षकी सीता दमाई र सासू ५० वर्षकी भीमकला दमाई घाइते भएका छन् ।

माइतबाट घर लैजान आएका दर्नालले श्रीमती घर जान नमानेपछि खुकरी प्रहार गरेको पौडेलले जानकारी दिनुभयो । पाँच दिन अगाडि श्रीमती लिन दर्लान ससुराली आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारबाट भीमकलाको बायाँ हात, बायाँ गालामा र सीताको बायाँ हातमा गम्भीर चोट लागेको उहाँको भनाइ छ ।

सीताको अवस्था गम्भीर रहेको पौडेले जानकारी दिनुभयो । घाइते दुवैको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापा पठाइएको उहाँले बताउनुभयो । आज बिहान करीब ९ बजेको समयमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर दर्नाल फरार भएको पौडेलले बताउनुभयो । फरार दर्नालको खोजी कार्य भइरहेको उहाँको भनाइ छ ।रासस

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ६ : ४७ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य