२०८२, ११ फाल्गुन सोमबार

मण्डन देउपुरका महिला स्वास्थ्य स्वयं सेविकालाई मासिक १५ सय

मण्डन देउपुरका महिला स्वास्थ्य स्वयं सेविकालाई मासिक १५ सय


काभ्रे, ३१ साउन : मण्डन देउपुर नगरपालिकामा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाइ यतायात खर्चबापत प्रति महिना १ हजार ५ सय दिने घोषणा गरेको छ । शुक्रबार नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख टोकबहादुर तामाङले सो घोषणा गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै वाइबाले नगरको प्राथमिकता स्वास्थ्य र शिक्षामा भएको बताउदै महिला स्वास्थ्य स्वयं सेविकाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराईएको बताउनु भयो । चालु आर्थिक वर्षमा प्रत्येक वाडामा खोप तथा गर्भजांच केन्द्र निर्माण गर्ने बताउदै उहाँले यस्का लागी बजेटसमेत ब्यबस्थापन गरेको बताउनु भयो । कार्यक्रममा नगर प्रमुख वाइबाले आफ्नो अधिकारसँगै कामप्रति उत्तरदायी हुन निर्देशन दिनु भयो ।

स्वास्थ्य चौकी स्तरमा नियमित बैठक गर्न वडा अध्यक्षहरुलाइ र स्वास्थ्यकर्मीलाई आग्रह गर्दै उहाँले नगरको केन्द्रबाट टाढा रहेका संस्थाहरुमा प्राथमिकताका साथ कार्यक्रम बिस्तार गर्ने उहाँको भनाई थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका सीता लामा, स्वास्थ्य चौकी इन्चार्ज सत्यनारायण ठाकुर, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कमलेश मिश्र, कार्यपालिका सदस्य सावित्री जमकट्टेल, झलक पौडेल, नगर प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, गोरखापत्र सस्थानका कानुनी सल्लाहकार कुमार भट्टराई, नगर उपप्रमुख निर्मला शाहीले स्वास्थ्य शाखा र स्वास्थ्य चौकीले गरेका कार्यहरुको बारेमा आफ्ना भनाइ राख्नु भएको थियो ।

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ५ : ४१ बजे

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले

घरदैलोमा महेश बस्नेतको साथमा युवा पुस्ता, चित्तपोलवाीको आव्हान, सूर्यमा मतदान

भक्तपुर, ११ फागुन । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको कालापत्र सडकदेखि चोकचोकको