२०८२, ३० पुस बुधबार

विद्युत्सेवा अवरुद्ध, तीन सय घरधुरी अँध्यारोमा

विद्युत्सेवा अवरुद्ध, तीन सय घरधुरी अँध्यारोमा


रुकुमपूर्व, २५ साउन : गत बिहीबारदेखि सिस्ने गाउँपालिका वडा नं ३ स्थित पाँगामा विद्युत् सेवा अवरुद्ध हुँदा पाँगास्थित ३०० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् । गाउँमा विद्युत् वितरणका लागि राखिएको २५ केभिएको ट्रान्सफर्मर जलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयलाई विद्युत्बाट हुने काम गर्न समस्या भएको छ ।

गाउँमा रहेका काष्ठ उद्योग, विद्यालयलगायत स्थानीयलाई मोबाइल चार्ज गर्न समस्या भएको सिस्ने गाउँपालिका वडा नं ३ की स्थानीय रीता खड्काले बताउनुभयो । विद्युत् सेवा अवरुद्ध भएपछि टुकी बालेर बस्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

ट्रान्सफर्मर बनाउन धेरै समय लाग्ने भएकाले तत्कालै विद्युत् सेवा सञ्चालन गर्न नसकिने नवभिजन विद्युत् सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र मल्लले बताउनुभयो । उहाँका अनुसार ट्रान्सफर्मर मर्मतका लागि बुटवलबाट प्राविधिक ल्याउनुपर्ने भएकाले विद्युत् सेवा तत्काल सञ्चालन गर्न नसकिने भएको हो । विद्युत् सेवा सञ्चालन गर्नका लागि कम्तीमा पनि एक दुई हप्ता लाग्न सक्ने उहाँको भनाइ छ ।

अहिले पाँगालगायत पोखरा रुकुमकोटमा बाँफीकोट गाउँपालिका वडा नं २ पीपल रुकुमपश्चिममा रहेको नवभिजन लघुजलविद्युत् सहकारी संस्थाबाट उत्पादित बिजुली बल्दै आएको छ ।

प्रकाशित मिति : २०७६, २५ श्रावण शनिबार  ६ : ५२ बजे

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो