२०८२, ९ चैत्र मंगलबार

सुकेटारमा डेढ महीनादेखि उडान ठप्प

सुकेटारमा डेढ महीनादेखि उडान ठप्प


ताप्लेजुङ, १३ साउन: सुकेटार विमानस्थलमा असारदेखि उडान हुनसकेको छैन । हरेक वर्ष बर्खामा उडान ठप्प हुँदैआएको सुकेटार विमानस्थलमा यस वर्ष असार ४ गतेदेखि मौसम खराबीका कारण उडान हुन सकेको छैन ।

मौसम खराब भएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगमका स्टेशन इञ्चार्ज राजु कार्कीले बताउनुभयो । जेठ २९ गतेसम्म नियमित उडान भएकामा त्यसयता असार ४ गते मात्रै उडान भएको थियो । असार ४ गते काठमाडाँैबाट यात्रु लिएर आएको जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रु नलिई फर्किएको थियो । त्यसयता जहाजले उडान भरेको छैन । “मौसममा सुधार आएपछि मात्रै उडान हुने छ”, उहाँले भन्नुभयो ।

सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार उडान भर्ने गरेको थियो । मौसम खराबीका कारण उडान स्थगित गरिएको भनिए पनि निगमले स्थगित गरिएको सम्बन्धमा सूचना निकालेको छैन । लामो समयदेखि उडान नहुँदा यात्रु मारमा परेका छन् । बर्सेनी मौसम खराबीका कारण उडान ठप्प हुँदै आए पनि यसको विकल्पका बारेमा कतैबाट चासो नभएको स्थानीयवासीको गुनासो छ । बिरामीलाई उपचारका लागि काठमाडाँैलगायत ठाउँ लैजानु परे वा आकास्मिक काम आइपरे महङ्गो भाडा तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । रासस

प्रकाशित मिति : २०७६, १३ श्रावण सोमबार  ८ : ५८ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार