२०८२, २१ श्रावण बुधबार

सुकेटारमा डेढ महीनादेखि उडान ठप्प

सुकेटारमा डेढ महीनादेखि उडान ठप्प


ताप्लेजुङ, १३ साउन: सुकेटार विमानस्थलमा असारदेखि उडान हुनसकेको छैन । हरेक वर्ष बर्खामा उडान ठप्प हुँदैआएको सुकेटार विमानस्थलमा यस वर्ष असार ४ गतेदेखि मौसम खराबीका कारण उडान हुन सकेको छैन ।

मौसम खराब भएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगमका स्टेशन इञ्चार्ज राजु कार्कीले बताउनुभयो । जेठ २९ गतेसम्म नियमित उडान भएकामा त्यसयता असार ४ गते मात्रै उडान भएको थियो । असार ४ गते काठमाडाँैबाट यात्रु लिएर आएको जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रु नलिई फर्किएको थियो । त्यसयता जहाजले उडान भरेको छैन । “मौसममा सुधार आएपछि मात्रै उडान हुने छ”, उहाँले भन्नुभयो ।

सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार उडान भर्ने गरेको थियो । मौसम खराबीका कारण उडान स्थगित गरिएको भनिए पनि निगमले स्थगित गरिएको सम्बन्धमा सूचना निकालेको छैन । लामो समयदेखि उडान नहुँदा यात्रु मारमा परेका छन् । बर्सेनी मौसम खराबीका कारण उडान ठप्प हुँदै आए पनि यसको विकल्पका बारेमा कतैबाट चासो नभएको स्थानीयवासीको गुनासो छ । बिरामीलाई उपचारका लागि काठमाडाँैलगायत ठाउँ लैजानु परे वा आकास्मिक काम आइपरे महङ्गो भाडा तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । रासस

प्रकाशित मिति : २०७६, १३ श्रावण सोमबार  ८ : ५८ बजे

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिको भेटवार्ता सम्पन्न

तुर्कमेनिस्तान । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को तेस्रो संयुक्त राष्ट्रसंघीय

सभामुखले माओवादी सांसद मोदीलाई बोल्दा बोल्दै रोके, आकस्मिक समयको मर्यादा उल्लंघनको आरोप

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोलिरहेका

विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित राष्ट्रलाई पछाडि पार्न हुँदैन : प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (Landlocked

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज देखि

काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा आज ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’