२०८३, २६ आश्विन मंगलबार

फेसबुकलाई ठूलो जरिवाना, गोपनीयता विवाद चुलियो

फेसबुकलाई ठूलो जरिवाना, गोपनीयता विवाद चुलियो


काठमाडौँ ९ साउन : गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् ।

बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग ९एफटीसी० लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ । अमेरिकाको संघीय व्यापार आयोग ९एफटीसी०का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ ।

फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। उक्त समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जकर्बर्गको नियन्त्रण रहने छैन। बुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपको जाँच गरेको थियो।

उक्त जाँचमा फेसियल रिकग्निसनु भनिने अनुहार चिनिने प्रविधिलगायतलाई पनि सामेल गरियो। कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको पहिलो पटक हो।

एफटीसीका अध्यक्ष जो सिमोन्सले भने, विश्वभरका अर्बौ प्रयोगकर्तालाई पटक९पटक प्रतिबद्धता जनाएर पनि फेसबुकले उनीहरूको व्यक्तिगत विवरण कसरी साझा गर्ने भनेर नियन्त्रण गर्न सक्छ। फेसबुकले उपभोक्ताको छान्न पाउने हकलाई कम गरिदिएको छ।

उनले फेसबुकले हाल गरिरहेको गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना लगाइएको बताए । बुधवार सार्वजनिक फेसबुकको वित्तिय विवरणले चाहिँ गोपनीयताबारेका चिन्ताहरूले ग्राहकहरूमा खासै प्रभाव नपारेको देखाएको छ। उसले यस वर्षको दोस्रो त्रैमासमा मासिक सक्रिय प्रयोगकर्ता ८ प्रतिशले बढेको जनाएको छ।

विश्लेषकहरूको अनुमान विपरित यसको विज्ञापनबाट हुने आम्दानी २८ प्रतिशतले बढेको छ। सन् २०१८ को मार्चमा एफटीसीको उपभोक्ता संरक्षण ब्युरोले फेसबुकमाथि अनुसन्धान थालेको थियो।

उक्त अनुसन्धानपश्चात् व्यक्तिगत डेटाहरू एउटा अनलाईन क्वीजमार्फत् जम्मा गरेर क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरिएको पाइएको थियो। त्यो डेटा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनाव र यूकेको ब्रेक्जिट जनमतसङ्ग्रहको नतिजा प्रभावित पार्न प्रयोग गरिएको दाबी पनि गरिएको थियो।

यद्यपि २ लाख ७० हजार मानिसले मात्र उक्त क्वीजमा सहभागिता जनाएका थिए। एकजना अधिकारकर्मीले अमेरिकीसहित करिब ५ करोड प्रयोगकर्ताहरूको डेटा उनीहरूलाई थाहा नदिइकन उनीहरूका साथीहरूको सञ्जालबाट जम्मा गरिएको आरोप लगाएका थिए। तर क्याम्ब्रिज एनालिटिका मात्र उपभोक्ताहरूको डेटामा पहुँच पुर्‍याउने कम्पनी थिएन। फेसबुकको पूर्वाधार प्रयोग गरेर अन्य धेरै कम्पनीहरूले पनि फाइदा लिएका थिए।

गत अक्टोबरमा क्याम्ब्रिज एनालिटिका डेटा विवादमा फेसबुकको भूमिकालाई लिएर यूकेको डेटा संरक्षणबारे हेर्ने निकायले फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना तिराएको थियो।

प्रकाशित मिति : २०७६, ९ श्रावण बिहीबार  १२ : २२ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका