२०८२, ९ चैत्र मंगलबार

पनौतीमा निर्माण भएको एक महीनामा नै सिँचाइ कुलो भत्कियो

पनौतीमा निर्माण भएको एक महीनामा नै सिँचाइ कुलो भत्कियो


काभ्रे, ६ साउन : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीका किसानले प्रयोग गर्दै आएको सिँचाइ कुलो अविरल वर्षाका कारण माथिबाट गएको पहिरोले भत्किएको छ । एशियाली विकास बैंकको रु दुई करोड ४२ लाखको आर्थिक सहयोगमा पक्की निर्माण गरिएको सो सिँचाइ कुलो ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी एक महीना अगाडिमात्रै उपभोक्ता समितिलाई जिम्मा लगाएको थियो । बेथानचोक गाउँपालिका–५ स्थितलड्कु खोलाबाट २०३९ सालदेखि नै त्यहाँका किसानले कुलो बनाएर सिँचाइ सुविधा उपभोग गर्दै आएका छन् ।

सात किलोमिटर टाढादेखि ल्याएको सो सिँचाइ कुलोबाट बल्थली भेगका एक हजार १७२ रोपनी जमीनमा सिँचाइ पु¥याइएको छ तर करीब दुई हप्ता अगाडिदेखि परेको अविरल वर्षाका कारण कुलोमाथिबाट गएको पहिरोले कुलो पुरिनुका साथै ठाउँ–ठाउँमा भत्किए पछि त्यहाँका किसान चिन्तित बनेका छन् । “यो ठाउँको एउटै मात्रै आधार बल्थली सिँचाइ कुलो वर्षाको बाढीले बगाएर क्षति पुगेको छ ।” बल्थली सिँचाइ उपभोक्ता समितिका उपाध्यक्ष रामप्यारी केसीले भन्नुभयो, “मर्मत गर्न परेको रु दुई करोड ४२ लाख रकममध्ये रु ५० हजारको उपभोक्ता समितिबाट र बाँकी सबै ठेकेदारमार्फत सम्पन्न गरी समितिलाई जिम्मा लगाइसकेको थियो, अब फेरि बाढीले पूर्णरुपमा क्षति पुगेको छ ।”

त्यही कुलोको पानीले खेत रोपिसकेको भए पनि अब पानी आवश्यक पर्ने बेलामा कसरी कहाँबाट व्यवस्था गर्ने भन्ने चिन्ता पर्न थालेको अर्का किसान सीताराम केसीले बताउनुभयो । “कुलोको सबै भाग माथिबाट आएको बाढीले पुरिएको छ”, उहाँले भन्नुभयो, “तलबाट करीब १२÷१३ ठाउँमा पहिरो गएको छ ।” समितिका उपाध्यक्ष केसीले क्षतिको विवरण सङ्कलन गरी वडा र नगरपालिकामा आवश्यक मर्मतको लागि पेश गर्ने तयारीमा रहेको बताउनुभयो ।

त्यससँगै सकेसम्मको काम गर्नका लागि सबै उपभोक्तालाई अनिवार्य उपस्थित गराएर मर्मत गर्ने तयारीमा रहेको उहाँको भनाइ छ । सो वडाका वडाध्यक्ष तारामान तामाङले वडाबाट मात्रै मर्मतको लागि सहयोग गर्न सम्भव नरहेकाले माथिल्लो निकायमा नै माग गर्न पहल गर्नुपर्ने बताउनुभयो । उक्त सिँचाइबाट बल्थली फाँटका किसानले आलु, धान, गोलभेँडा, काउलीलगायत सागसब्जी खेती गरी अर्थोपार्जन गर्दै आएका छन् । रासस

प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार  ८ : ४५ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार