२०८२, ९ बैशाख मंगलबार

नारायणीमा दशैँदेखि पानीजहाज

नारायणीमा दशैँदेखि पानीजहाज


चितवन, साउन ४ :नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ । पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिनुभयो । चैतबाट जहाज निर्माण थालेको कम्पनीले पानीमा राखेपछि आउँदो दशैँमा सञ्चालन गर्ने तयारी गरेको छ ।

तीन सय जना अटाउन सक्ने क्षमताको सानो आकारको ‘पानीजहाज’ निर्माणका लागि १५ फिट गहिरो पोखरी बनाइएको छ । भरतपुर महानगरपालिका–१६, काभ्रेघाटमा बनाइँदै गरेको जहाज १०० फिट लम्बाइ र २२ फिट चौडाइको रहेको निर्देशक कँडेलले जानकारी दिनुभयो । बुटवलबाट ल्याइएका विशेष प्रकारका दुईवटा क्रेनले शुक्रबार दिनभरि लगाएर जहाज पानीमा झारेका थिए । भारतबाट आएका प्राविधिक र नेपाली गरी ५० जना निर्माणमा खटिएका छन् ।
जहाज पार्किङ गर्ने स्थान पोर्ट निर्माणका लागि पाँच करोड रुपियाँ लगानी भइसकेको कँडेलले बताउनुभयो । “सरकारले गएको आर्थिक वर्र्षमा एक करोड रुपियाँ सहयोग गरेको थियो, बाँकी चार करोड रुपियाँ हामी आफैँले लगानी गरेका छाँै’’, कँडेलले भन्नुभयो ।

‘‘चितवनका छ जना युवा मिलेर नयाँ काम गराँै भन्ने सोचेर यो काम गरेका हौंँ’’, उहाँले भन्नुभयो । उक्त पानीजहाज निर्माणमा कम्तीमा १५ करोड रुपियाँ खर्च हुने अनुमान छ । जहाज सञ्चालक कम्पनीका अनुसार तत्कालका लागि काभ्रेघाटदेखि देवघाटसम्म चलाउने अनुमति लिइसकिएको छ । २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि जहाज हिँड्ने बाटोसमेत अध्ययन गरेको कँडेलले बताउनुभयो । दैनिक १५० जनासम्म हेर्न आउने निर्माण हँुदै गरेको पानीजहाजको सुरक्षाका लागि बार लगाइएको छ । बाढीले क्षति नपु¥याओस्् भनी आरसीसी पिल्लर निर्माण गरी सिक्रीले बाँधेर राखिएको छ ।

तीन सय जना अट्ने पानीजहाजमा रेस्टुरेन्ट, सानो सेमिनार हलसमेत निर्माण हुने निर्देशक कँडेलले जानकारी दिनुभयो । तीन घण्टाको यात्रा रहने यो जहाजको पर्यटन प्रवद्र्धन गरी मनोरञ्जन प्रदान गर्ने मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । काभ्रेघाटबाट चढेर देवघाट पुगी पुनः काभ्रेघाट पुगेर यात्रा सकिन्छ । जहाज रोक्ने स्थान निर्माणमा ठूलो लगानी रहने भएकाले एउटा ठाउँमा मात्र पोर्ट बनाइएको कम्पनीले जनाएको छ । पानीजहाज निर्माणमा सहजीकरण गर्दै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भन्नुभयो, ‘‘नेपालका लागि यो नयाँ हो तर असम्भव होइन ।

यसको प्रचारप्रसार भए नयाँ पर्यटकीय गन्तव्य बन्ने छ । ’’ जङ्गल सफारी, संस्कृति अवलोकन, धार्मिक स्थलसँगै पानीजहाजको अनुभव चितवनमै लिन सकिने पाण्डेले बताउनुभयो । “युवाले पानीजहाज चलाउनु प¥यो भनेर सल्लाह लिन आउनुभएको थियो, मैले नै सहजीकरण गरेको थिएँ । अहिले सञ्चालनको अन्तिम तयारीमा रहेकोमा खुसी लाग्यो’’, पाण्डेले भन्नुभयो । सानो आकारको यो पानीजहाज सञ्चालन भएपछि पर्यटक वृद्धि हुने विश्वास लिएको उहाँले बताउनुभयो ।
नयाँ सोचका साथ आएको योजनालाई प्रदेश सरकारले समेत सहयोग गरेको प्रदेश सांसद कृष्णप्रसाद भुर्तेलले बताउनुभयो । यो समाचार आजको गोरखापत्रमा छ ।

“चालू आर्थिक वर्षमा पार्किङ स्थल निर्माणका लागि पहल गरियो र दुई करोड रुपियाँ बजेट छुट्ट्याइयो पनि’’, सांसद भुर्तेलले भन्नुभयो, ‘‘यो चितवनको मात्र होइन नेपालको लागि खुसीको विषय हो, पर्यटन वर्ष सफल बनाउन यसले पनि सहयोग गर्छ । ’’ सिङ्गापुर र भारतबाट आएका प्राविधिकको टोलीले पुस महिनामा पानीको गहिराइबारे अध्ययन गरेका थिए । त्यसपछि पनि अध्ययन भइरहेको उहाँले बताउनुभयो । यहाँ निर्माण गरिरहेको प्राविधिक कम्पनीले भारत, श्रीलङ्का, मलेसिया, दुबई लगायतका देशमा राम्रो जहाज निर्माण गरेर सम्मानित भएको दाबी गरिएको छ ।

प्रकाशित मिति : २०७६, ४ श्रावण शनिबार  ६ : ४३ बजे

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज