२०८२, २३ असार सोमबार

‘घर त माटोमा मिलिसकेछ…’

‘घर त माटोमा मिलिसकेछ…’


काठमाडौँ, साउन ३: सधैँजस्तै यसवर्ष पनि असार निख्रिनै लाग्दा सुरु भएको मनसुन र त्यसपछि आएको बाढी–पहिरोका कारण ९० जनाभन्दा बढीको ज्यान गयो । २९ जनाभन्दा बढी वेपत्ता र ४१ जनाभन्दा बढी घाइते भए । सयौँलाई घरबारबिहीन बनायो यो विपत्तले । यही विपत्तिको चपेटामा पर्नुभयो काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा.नं ११ स्थित पातलेखेत निवासी सविन धिताल पनि ।

यही साउने संक्रान्ति याने १ गते साउनको दिनको कुरो हो । सविन दिनभरि आप्mनै पसलमा व्यस्त हुनुहुन्थ्यो । घर फर्कदा अबिरल बर्षा भैरहेको थियो । त्यही दिन बुधबार राति ४ बजेर २० मिनेट जाँदा निद्रामै घर घुमेजस्तो लाग्यो उहाँलाई । बाहिर निस्केर हेर्दा त तल्लो तलाको उत्तरतर्फको फलामको पोल दोब्रिसकेको रहेछ । सविनले बेलीविस्तार लगाउँदै भन्नुभयो– हतार–हतार भित्र छिरेर श्रीमती र बच्चाहरू लिएर भाग्यौँ । उनीहरूलाई छिमेकीको घर राखी दाजुलाई लिएर पसल जाँदा त गरगहना, नगद, मोबाइलसहित घर माटोमा मिलिसकेको रहेछ ।’

उहाँले भावुक हुँदै भन्नुभयो–‘सबैले खुशीका साथ संक्रान्ति मनाए तर मेरा लागि अत्यन्तै दुःखको दिन बन्यो यो संक्रान्ति । यसै दिन झण्डै ज्यान गएको यो दोस्रोपटक हो । केही बर्षअघि साउने संक्रान्तिकै दिन ससुराली जाँदा बस पल्टँदा झण्डै मरेको थिएँ । घटना भएको जानकारी पाउनासाथ छरछिमेकी, आफन्त, सुरक्षाकर्मी, पत्रकार, स्थानिय जनप्रतिनिधि, इन्जिनियर हरेराम हुमागाई, योजना शाखा प्रमुख श्रीबिक्रम ब्याजु लगायतको टोली त्यहाँ पुगेको थियो ।

११ नं वडाका अध्यक्ष बिष्णु काभ्रेलीको पहलमा नेपाली सेनासहितको उद्धार टोलीले सविनको घरमा रहेका महत्वपूर्ण बस्तु बाहिर निकालेको थियो । उहाँको घरमा लत्ताकपडा, गरगहना, नगद तथा खाद्यन्न, ३ सय वटा कुखुरा पुरिएका थिए । त्यहाँ २५ लाखभन्दा बढी क्षति भएको धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्माले बताउनुभयो ।यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेका छन् ।

सविनको घरको भित्तामा रहेको विपि राजमार्ग सडकको पानीको निकास बन्द भएको थियो । विभागले समयमै ध्यान नदिएकाले जथाभावी पानी बग्दा यस्तो स्थिति आएको पीडित सविनले बताउँदै भन्नुभयो– यो निकास पहिला नै निकालेको भए म यति ठूलो जोखिममा पर्ने थिइन् । गाउँमा निकै मेहनती र सहयोगीका रूपमा चिनिदैँ आउनुभएका सविनले गत असोजमा मात्रै बिपी राजमार्ग छेउमा उक्त पक्की घर बनाउनुभएको थियो । यस्तै बर्षाद्का कारण धुनपा वडा नं ७ हुर्खा मार्गस्थित चुडामणी पराजुलीको घर पनि जोखिममा परेको वडाध्यक्ष रोमीप्रसाद ब्याञ्जुले स्थलगत निरिक्षणपछि जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार  ७ : ४० बजे

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बबरमहल भिलासमा १० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र बबर महल भिलासबीच बैंकका ग्राहकहरुलाई

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार

५२ लाखभन्दा बढी रकम हिनामिना, ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र

जनकपुर । धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा,

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त