२०८२, २४ कार्तिक सोमबार

काभ्रेको आलु विषादीरहित

काभ्रेको आलु विषादीरहित


काभ्रे, १ साउन : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकले जिल्लामा किसानले उत्पादन गरेको आलु विषादीरहित भएको जनाएको छ ।

आलु सुपरजोन कार्यालयका प्रमुख दीपक पौडेलले हिउँदको समयमा किसानले मण्डनदेउपुर र पाँचखालमा उत्पादन गरेका आलुलाई खेतबाट नै नमूना सङ्कलन गरी काठमाडौँस्थित द्रुत विषादी विश्लेषण केन्द्रमा गरिएको अर्गानो फस्फेट र कार्वामेटको परीक्षण गर्ने क्रममा १० दशमलव ११ प्रतिशत मात्रै पाइएको बताउनुभयो ।

“३५ प्रतिशतसम्मको आलु खाना मिल्ने हुन्छ, त्यो भन्दा माथि ४५ प्रतिशतसम्मको लागि केही दिन पर्खेर मात्रै खान मिल्ने अवस्था रहेकामा यहाँ उत्पादन भएका आलुमा विषादी नै छैन भन्ने प्रमाण द्रुत विषादी विश्लेषया केन्द्रले गरेको परीक्षणबाट पुष्टि गरेको छ”, कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।

यसअघि काभ्रेपलाञ्चोकको पाँचखालमा उत्पादन भएको आलु र अन्य तरकारीमा बढी विषादी भएको हल्ला चलाएका कारण उत्पादन गरेको तरकारी बिक्रीमा समस्या उत्पन्न भएको थियो । तर परीक्षणका क्रममा जिल्लामा उत्पादित आलुमा विषादी नभएको देखाएको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १ श्रावण बुधबार  ९ : ४४ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य