२०८२, २ असार सोमबार

घर पुरिँदा आमा–छोरीको मृत्यु

घर पुरिँदा आमा–छोरीको मृत्यु


ओखलढुङ्गा, २८ असार : पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । मोलुङ गाउँपालिका–७ पात्ले तालकोटमा आज पहिरोले घर पुरिँदा ४४ वर्षीया पुटी शेर्पा र उनकी १० वर्षिया छोरी याङजीको मृत्यु भएको हो ।

घरमा बसिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोले घरसँगै आमा–छोरीलाई पुरेको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिनुभयो । दुवैको शव स्थानीयवासीले पहिरो पन्छाएर निकालेका थिए ।

यस्तै सिद्धिचरण नगरपालिका–६ जन्तरखानीमा पहिरोमा परी ४५ वर्षीया कान्छीमाया श्रेष्ठको मृत्यु भएको छ । उनी पहिरोले पुरिएकी थिइन् । जिल्लामा बाढीपहिरोबाट हालसम्म पाँच जनाको ज्यान गएको छ । बाढीले बगाएर शुक्रबार चिशङ्खुगढी गाउँपालिका–४ की ८५ वर्षीया पासाङकुटी शेर्पा र सुनकोशी गाउँपालिका–४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको थियो । रासस

प्रकाशित मिति : २०७६, २८ असार शनिबार  ८ : ४९ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार