२०८२, ३० पुस बुधबार

भोली सार्वजनिक बिदा

भोली सार्वजनिक बिदा


दमौली, २८ असार: तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।नगरकार्यपालिकाको बैठकले नगरपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको भानु नगरपालिकाका वरिष्ठ अधिकृत एवं सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिनुभयो ।

भानुभक्तको सम्मानस्वरुप नगरपालिकाभित्र सार्वजनिक बिदा दिइएको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतमा भानुभक्त आचार्यको ठूलो सम्मान छ तर हाम्रै ठाउँमा हामीले भानुको सम्मान गर्न सकेका छैनौँ ।” प्रत्येक वर्षको भानुजयन्तीमा बिदा दिने नगरपालिकाले जनाएको छ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।

भानुजयन्तीमा विविध कार्यक्रम
दुईसय छ औँ भानुजयन्तीका अवसरमा नगरपालिकाले आइतबार विविध कार्यक्रम आयोजना गर्ने भएको छ । जयन्तीका अवसरमा भानु जन्मस्थल विकास समितिको कार्यालयमा प्रभातफेरी, सांस्कृतिक तथा साहित्यिक कार्यक्रम, रामायण वाचन, कविता प्रतियोगितालगायत कार्यक्रमको आयोजना गरिएको छ ।रासस

प्रकाशित मिति : २०७६, २८ असार शनिबार  ७ : ४७ बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता