२०८२, ११ फाल्गुन सोमबार

भोली सार्वजनिक बिदा

भोली सार्वजनिक बिदा


दमौली, २८ असार: तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।नगरकार्यपालिकाको बैठकले नगरपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको भानु नगरपालिकाका वरिष्ठ अधिकृत एवं सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिनुभयो ।

भानुभक्तको सम्मानस्वरुप नगरपालिकाभित्र सार्वजनिक बिदा दिइएको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतमा भानुभक्त आचार्यको ठूलो सम्मान छ तर हाम्रै ठाउँमा हामीले भानुको सम्मान गर्न सकेका छैनौँ ।” प्रत्येक वर्षको भानुजयन्तीमा बिदा दिने नगरपालिकाले जनाएको छ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।

भानुजयन्तीमा विविध कार्यक्रम
दुईसय छ औँ भानुजयन्तीका अवसरमा नगरपालिकाले आइतबार विविध कार्यक्रम आयोजना गर्ने भएको छ । जयन्तीका अवसरमा भानु जन्मस्थल विकास समितिको कार्यालयमा प्रभातफेरी, सांस्कृतिक तथा साहित्यिक कार्यक्रम, रामायण वाचन, कविता प्रतियोगितालगायत कार्यक्रमको आयोजना गरिएको छ ।रासस

प्रकाशित मिति : २०७६, २८ असार शनिबार  ७ : ४७ बजे

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले

घरदैलोमा महेश बस्नेतको साथमा युवा पुस्ता, चित्तपोलवाीको आव्हान, सूर्यमा मतदान

भक्तपुर, ११ फागुन । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको कालापत्र सडकदेखि चोकचोकको