२०८३, २१ आश्विन बिहीबार

न्यातपोलको गजुरमा झण्डोत्तोलन

न्यातपोलको गजुरमा झण्डोत्तोलन


भक्तपुर, १८ असार : भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरको गजुरमा आज बुसाँरा मनाइएको छ । हरेक वर्ष असार शुक्ल प्रतिपदाको दिन बुसाँरा अर्थात् झण्डोत्तोलन गर्ने परम्परा अनुसार आज बुसाँरा गरिएको तलेजूका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

पाँचतले मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा नेपाल संवत् ८२२ मा भूपतिन्द्र मल्लको पालादेखि यो परम्परा हरेक वर्ष चल्दै आएको उहाँले बताउनुभयो । पाँचतले मन्दिरको छाना बनाउने काम शुरुदेखि गर्दै आएका तुछिमलाका २० जना अवाल पाँच तले मन्दिरको टुप्पोमा पुगेर झण्डोत्तोलन गरेका हुन् ।

तुछिमला टोलसुधार समिति अध्यक्ष हरिशरण अवालले बुसाँराका लागि हरेक वर्ष ज्यान जोखिममा राखेर २० जना अवाल पाँचतले मन्दिरमाथि जाने गरेको बताउनुभयो । आर्थिक अभावका कारण यो परम्परा लोप हुने अवस्थामा पुगेको बताउँदै उहाँले स्थानीयवासी बसेर भोजसमेत खानुपर्ने परम्परा रहेको बताउनुभयो । यसवर्ष गुठी कार्यालयले रु १० हजार उपलब्ध गराए पनि यो रकम अपुग रहेको उनीहरुको भनाइ छ ।

टौमढी टोलका भैरवनाथ एकदम डरलाग्दो, रिसाहा र घमण्डी, आफू नै ठूलो भन्ने भैरवनाथलाई शान्त पार्र्नका लागि भैरवनाथको अगाडि सिद्धिलक्ष्मीे स्थापना गरिएको भनाइ छ । भैरवनाथ भन्दा ठूलो मन्दिर बनाएपछि भैरवनाथको रिस कम गर्न अग्लो पाँचतले मन्दिरलाई बनाइएको भनाई रहदै आएको छ । रासस

प्रकाशित मिति : २०७६, १८ असार बुधबार  ६ : २९ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १