२०८२, २४ कार्तिक सोमबार

घुस लिएको आरोपमा शिक्षाका सब–इञ्जिनीयर पक्राउ

घुस लिएको आरोपमा शिक्षाका सब–इञ्जिनीयर पक्राउ


काभ्रेपलाञ्चोक, १७ असार: विद्यालयको भवन निर्माणका क्रममा घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकमा कार्यरत सब–इञ्जिनीयरसहित दुई जनालाई आज पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी उपरीक्षकको नेतृत्वमा आएको टोलीले सब–इञ्जिनीयर धनवीर भगत र उनका सहयोगी शिक्षाकै पूर्वकर्मचारी सब–इञ्जिनीयर निरजकुमार चौधरीलाई कार्यालयबाटै दिउँसो पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाले काभ्रेपलाञ्चोकको एक विद्यालयमर्मत सम्पन्न भएपछि कागजात मिलाउन विद्यालय व्यवस्थापन समितिबाट एक लाख ५० हजार घुस लिएको आरोपमा भगत र चौधरीलाई शिक्षा विकास तथा समन्वय एकाइ धुलिखेलबाट पक्राउ गरिएको बताउनुभयो । शिक्षा विभाग सानो ठिमीमा कार्यरत भगत केही महीनादेखि मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकाको विद्यालय मर्मतको जिम्मेवारीमा काम गर्दै आएका थिए । भगतले घुस नलिई काम नगरेको भन्ने गुनासो आयोगमा आएपछि अनुसन्धान तथा पक्राउ गर्न प्रहरी उपरीक्षको नेतृत्वमा आयोग टोली धुलिखेल पठाइएको प्रवक्ता कोइरालाले बताउनुभयो ।

भगतले चौधरीमार्फत घुस रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोग टोलीका एक सदस्यले जानकारी दिएका छन् । उनका अनुसार भगतले सोमबार काठमाडौँस्थित एक बैंकमा घुस वापतको रकम जम्मा गर्न लगाएका थिए । बैंकमा रकम जम्मा भएको भौचरसहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, १७ असार मंगलबार  ७ : ०७ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य