२०८३, २१ आश्विन बिहीबार

सिनामंगलमा माइक्रोबस एकापसमा ठोक्किदा १६ जना घाइते, २ को अवस्था गम्भीर

सिनामंगलमा माइक्रोबस एकापसमा ठोक्किदा १६ जना घाइते, २ को अवस्था गम्भीर


काठमाडौं, १७ असार : काठमाडौँको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस एकापसमा ठोक्किदा दुर्घटना भएको छ । दुर्घटनामा परि दुइवटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।

मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा जुध्दा दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउको चोट लागी गभ्मीर घाइते भएका छन् । यसैगरी, माइक्रोबस चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ । दुवै सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, १७ असार मंगलबार  ७ : ४० बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १