२०८२, ९ चैत्र मंगलबार

सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध

सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध


काठमाडौं, जेठ २१ : आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको छ । नगरपालिकाले सार्वजनिक कार्यक्रम सञ्चालनका लागि आचारसंहिता निर्माण गर्दै नगरपालिका कार्यालय, वडा तथा नगरपालिकामातहतका विषयगत कार्यालय र शाखाबाट आयोजना हुने कार्यक्रममा मासु प्रतिबन्ध लगाएको हो ।

सरकारबाट विकासका लागि प्राप्त हुने बजेट फजुल रूपमा खर्च हुने क्रम बढेको भन्दै नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको जनाएको छ । खाना तथा खाजामा मासुको प्रयोग बढ्दै गएपछि फजुल खर्च बढ्ने भएकाले प्रतिबन्ध लगाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए ।

‘मासु खाँदा धेरै पैसा खर्च हुने गरेको छ, यसले आर्थिक व्ययभार मात्र थपेको छ,’ उनले भने, ‘फजुल खर्चलाई कटौती गरी जुन उद्देश्यका लागि रकम विनियोजन भएको हो, त्यसमै खर्च बढाउने उद्देश्यले सार्वजनिक कार्यक्रममा खाना र खाजामा मासुजन्य पदार्थको प्रयोगलाई रोक्ने निर्णय गरेका हौँ ।’ सरकारबाट प्राप्त भएको रकम दुरुपयोग हुने क्रम बढ्दै गएपछि नगरपालिका नयाँ निर्णय गर्न बाध्य भएको उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मनीष खड्काले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २१ जेष्ठ मंगलबार  ७ : ०४ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार