२०८२, २४ भाद्र मंगलबार

सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध

सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध


काठमाडौं, जेठ २१ : आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको छ । नगरपालिकाले सार्वजनिक कार्यक्रम सञ्चालनका लागि आचारसंहिता निर्माण गर्दै नगरपालिका कार्यालय, वडा तथा नगरपालिकामातहतका विषयगत कार्यालय र शाखाबाट आयोजना हुने कार्यक्रममा मासु प्रतिबन्ध लगाएको हो ।

सरकारबाट विकासका लागि प्राप्त हुने बजेट फजुल रूपमा खर्च हुने क्रम बढेको भन्दै नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको जनाएको छ । खाना तथा खाजामा मासुको प्रयोग बढ्दै गएपछि फजुल खर्च बढ्ने भएकाले प्रतिबन्ध लगाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए ।

‘मासु खाँदा धेरै पैसा खर्च हुने गरेको छ, यसले आर्थिक व्ययभार मात्र थपेको छ,’ उनले भने, ‘फजुल खर्चलाई कटौती गरी जुन उद्देश्यका लागि रकम विनियोजन भएको हो, त्यसमै खर्च बढाउने उद्देश्यले सार्वजनिक कार्यक्रममा खाना र खाजामा मासुजन्य पदार्थको प्रयोगलाई रोक्ने निर्णय गरेका हौँ ।’ सरकारबाट प्राप्त भएको रकम दुरुपयोग हुने क्रम बढ्दै गएपछि नगरपालिका नयाँ निर्णय गर्न बाध्य भएको उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मनीष खड्काले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २१ जेष्ठ मंगलबार  ७ : ०४ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा