२०८२, २४ कार्तिक सोमबार

राइसमिलमा आगलागी हुँदा रु डेढ करोडको क्षति

राइसमिलमा आगलागी हुँदा रु डेढ करोडको क्षति


भद्रपुर, १८ जेठ : भद्रपुर नगरपालिका–६ स्थित एग्रो राइसमिलमा आज बिहान विद्युत् चुहिएर आगलागी हुँदा रु एक करोड ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय व्यवसायी सन्तोष र राजेश गुप्ताले सञ्चालन गरेको राइसमिलमा आगलागी हुँँदा मेसिनरी सामान जलेर सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक केशव अधिकारीले बनाउनुभयो ।

आज बन्द रहेको राइसमिलमा बिहान ९ः३० बजे एक्कासी आगलागी भएको थियो । उद्योग बन्द रहेकाले मानवीय क्षति नभए पनि उद्योगका मेसिनरी सामान पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

भद्रपुर नगरपालिकाको दुई र बिर्तामोड नगरपालिकाबाट आएको एक गरी तीन दमकलले आगलागी एक घण्टामै नियन्त्रणमा लिइएको थियो । राइसमिल नजिकै पराजुली ग्यास उद्योग सञ्चालनमा रहेकाले आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयवासीसहितको ठूलो जनशक्ति परिचालन गरिएको थियो । प्रहरीका अनुसार मिलको वल्डिङ मेसिनबाट विद्युत सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।रासस

प्रकाशित मिति : २०७६, १८ जेष्ठ शनिबार  ७ : ४३ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य