२०८२, ९ चैत्र मंगलबार

एशियन फर्मास्युटिकलमा भीषण आगलागी

एशियन फर्मास्युटिकलमा भीषण आगलागी


रुपन्देही, ६ जेठ : रुपन्देहीको एशियन फर्मास्युटिकल प्रालिमा भीषण आगलागी भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ खुन्सामा रहेको सो औषधि उद्योगमा आज साँझ ५ बजेदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि डेढ घण्टापछि मात्रै दमकल पुगेको थियो । तीन घण्टादेखि आगो नियन्त्रणको प्रयास भइरहेपनि पूर्ण रुपमा सफल हुन नसकेको प्रहरीले जनाएको छ ।

आगलागीबाट निकै ठूलो क्षति भइसकेको र थप क्षति हुन नदिन प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृ्रदय थापाले बताउनुभयो । औषधि कम्पनी सञ्चालक हुतानन्द खनालका अनुसार उद्योगमा करोडौँको  उत्पादित  औषधि रहेकाले सबै नष्ट भएको छ ।  रासस

प्रकाशित मिति : २०७६, ६ जेष्ठ सोमबार  ९ : १७ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार