२०८३, ९ असार बुधबार

कर्णाली सरकारले दियो किसानलाई भैँसी

कर्णाली सरकारले दियो किसानलाई भैँसी


सुर्खेत, २३ वैशाख : उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैँसी वितरण गरेको हो । मन्त्रालयले आज बराहताल गाउँपालिका–१० ओदानतालका ४० कृषकलाई एक÷एक वटा भैँसी हस्तान्तरण गरेको हो । कृषकमा आधारित भैँसीपालन व्यवसाय कार्यक्रमअन्तर्गत सुर्खेतका कृषकलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुर्खेतको सहजीकरणमा भैँसी हस्तान्तरण गरिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जनज्योति कृषि तथा पशु सहकारी संस्था ओदानतालका सदस्यलाई भैँसी हस्तान्तरण गर्नुभयो । सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले प्रदेश सरकारको रु ५० लाख, कृषकको रु १० लाख, गाउँपालिकाको रु पाँच लाख र लागत सहभागिताको रु पाँच लाख गरी रु ७० लाखमा भैँसी खरीद गरेर वितरण गरिएको जानकारी दिनुभयो ।

भैँसी कैलालीबाट खरीद गरी ल्याइएको हो । सहकारीले खरीद गरेका ती भैँसी किसानलाई गोलाप्रथामार्फत छनोट गरिएको थियो । सहकारीका अध्यक्ष सुनारका अनुसार १५ भैँसी दुहुना छन् । वितरण गरिएका भैँसीको सहकारीले बीमा गरिदिएको छ । भैँसी वितरण कार्यक्रममा मन्त्री केसीले किसानको आयआर्जनमा वृद्धि गर्न प्रदेश सरकारले आगामी वर्ष पनि यस्ता कार्यक्रमलार्य निरन्तरता दिने बताउनुभयो ।

“भैँसीको स्रोत केन्द्रका रुपमा सुर्खेतलाई विकास गर्नुपर्छ, यसका लागि किसानले व्यावसायिक घाँस खेतीमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो, “आगामी वर्षको बजेट किसानमुखी भएर बजेटको विनियोजन गरिनेछ ।” सरकारले कृषिमा दिने अनुदान दुरुपयोग नगर्न आग्रह गर्दै भन्नुभयो, “भैँसीपालन गरेर आयआर्जन गर्नुस् तर अनुदानमा पाएका भैँसीलाई बिक्री नगर्नुस् ।”

प्रकाशित मिति : २०७६, २३ बैशाख सोमबार  ८ : ५६ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि