२०८३, २० भाद्र आईतबार

युवा बचतले दियो विपन्न बालबालिकालाई छात्रवृत्ति

युवा बचतले दियो विपन्न बालबालिकालाई छात्रवृत्ति


काभ्रे, १४ वैशाख : युवा बचत तथा ऋण सहकारी संस्था लि. ले विपन्न परिवारका बाल सदस्यहरुका लागि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । युवा साकोसको गरिबी न्यूनीकरण उप समितिले प्रत्येक वर्ष गर्दै आएको कार्यक्रमलाइ यस वर्ष पनि निरन्तरता दिएको हो । युवा साकोसले लामो अवधि छात्रवृत्ति कार्यक्रम अन्तर्गत दुइजना बाल सदस्यलाइ विद्यालय तह अध्ययन गरुन्जेल निरन्तर छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सोहि कार्यक्रम अन्तर्गत २०७६ वैशाख १४ गत्ते शनिबार बनेपा नगरपालिका वडा न. १४ का रोजन खत्री र ममता राउतलाइ ६-६ हजार नगद तथा स्टेसनरी छात्रवृत्ति स्वरुप प्रदान गरिएको हो । कार्यक्रममा युवा साकोसका अध्यक्ष उदयराम कायस्थ, संचालक समिति सदस्य तथा गरिबी न्यूनीकरण उपसमिति संयोजक देवकी दुलाल, संचालक समिति सदस्य कौशल राज खड्का, गरिबी न्यूनीकरण उपसमिति सदस्य नवराज ढकाल, यशोदा आचार्य, व्यवस्थापक निश्चल सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै व्यवस्थापक निश्चल सापकोटाले युवा साकोस सहकारीको सिद्धान्त अनुरुप सहकार्यमा विस्वास राख्ने सस्था भएकाले सदस्यहरुका आवश्यकतालाइ ध्यानमा राख्दै, सदस्यहरुसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो। त्यसैगरी गरिवी न्यूनीकरण उपसमिति संयोजक देवकी दुलालले युवा साकोसले कमजोर आर्थिक अवस्था भएका सदस्यहरु, उद्यमशील सदस्यहरुका लागि विभिन्न किसिमका सीपमूलक तालिमहरुको आयोजना गर्दै आइरहेको स्मरण गराउदै ति तालिममा सिकेका ज्ञान, सिपलाइ प्रयोग गरि व्यावसायि बन्न प्रेरित गर्नुभयो । युवा साकोसका अध्यक्ष उदयराम कायस्थले संस्थालाइ आज यो अवस्थासम्म ल्याउन सहयोग पुर्याउनुहुने सम्पूर्णलाई आभार व्यक्त गर्नुहुदै आगामी दिनहरुमा पनि यस्तै सहयोग निरन्तर पाइरहने अपेक्षा पनि व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७६, १४ बैशाख शनिबार  ७ : २२ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ