२०८२, ९ चैत्र मंगलबार

संगीतकार भुवनलाई सुदुर पश्चिमको सम्मान

संगीतकार भुवनलाई सुदुर पश्चिमको सम्मान


काठमाडौं, वैशाख ३ : गायक, सङ्गीतकार तथा म्युजिक एरेन्जर भुवन प्रकाश बडुलाई सुदुर पश्चिमको पहिलो संगीतकार भएको भन्दै सुदुर पश्चिम कलाकार संघले सम्मान गरेको छ । भुवनले हाल सम्म ३५ हजार भन्दा बढि गीतमा म्युजिक एरेन्जरको रुपमा काम गरिसकेको छन् भने १ हजार भन्दा बढि गतिमा संगीत तथा स्वर दिईसकेका छन् ।

हाल बिग एच.डि परिवेष रेकर्डिङ स्टुडियोका संचालक समेत रहेका भुवनले ३५ भन्दा बडि म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् भने उनी आर जे तथा भिजे पनि हुन् । भाषा र संस्कृतिलाई जर्गेना गर्न आफुलाई सधैं सर्मपित गर्ने मान्यताबाट अघि बढेका भुवनले देउडा गीत “न्याउल्या २०७५” मा १३२ कलाकारहरुको सामुहिक स्वरमा रेकर्ड गराएका थिए ।

सुदुर पश्चिम कलाकार मञ्चका बरिष्ठ उपाध्यक्ष समेत रहेका भुवनले देउडा गीत,थारु गीत, पुर्बेलि गीत, सेलो गीत, कुमाउनी गीत, राना गीत, भोजपुरी गीत लगायत आधुनिक गीत, लोक गीत, पप गीत, लोक पप, भजन, गजल, फिल्मी गीत लगायतमा स्वर सङीत र म्युजिक एरेन्ज गरेका छन् भने बाध्य बादनमा पनि उतिकै दख्खल राख्दछन् ।

भुवन संगै उनका छोरा जिवन बडुलाई पनि कान्छो म्युजिक एरेन्जरको रुपमा सम्मान गरेको छ । जिवनले १६ वर्षको उमेर देखिनै म्युजिक एरेन्ज सुरु गरेका हुन् । जिवन संगीतका विद्यार्थि पनि हुन् । हाल सम्म जिवनले ६०० भन्दा बढि गीतमा म्युजिक एरेन्ज गरिसकेका छन् । १ दर्जन भन्दा बढि गीतमा आफ्नो स्वर दिइसकेका जीवनले १ दर्जन भन्दा बढि गीतमा अभिनय समेत गरिसकेका छन् । १ हजार भन्दा बढि गीतको मिक्सिङ गरिसकेका जिवन आफ्नो बुबाको लयलाई पछ्याई रहेका छन् ।

प्रकाशित मिति : २०७६, ३ बैशाख मंगलबार  १० : ०६ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार