२०८२, ७ चैत्र आईतबार

हुरीले घाउ लगायो, वर्षाले झनै चर्कायो

हुरीले घाउ लगायो, वर्षाले झनै चर्कायो


बारा , चैत २४ :फेटा गाउपालिका १ भलुहिभर्वो्लियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर ठड्याउने काठपात मिलाउदै हुनुहुन्थ्यो । उहाँको चिन्ताको पछिल्लो कारण थियो– बिहान सबेरैदेखि वस्तिमाथि आकासमा मडारिएको कालो बादल । यो समाचार आजको नेपाल समाचारपत्रमा गोकुल घोरसाइनेले लेखेका छन् ।

रामसुन्दरजस्तै हावाहुरीबाट प्रभावित क्षेत्रका बासिन्दाहरुको चिन्ता साँझ पर्न नपाउदै वास्तविकतामा परिणत भयो । दिउसो हल्का मात्र बर्षा भएको हुरी प्रभावित क्षेत्रमा साझ ६ बजेबाट हावाहुरीसहित भिषण बर्षा भयो । साँझ छिप्पिदै जादा बढेको बर्षाले हुरी प्रभावितलाई थप बिचल्लिमा पा¥यो ।

बर्षाले राहतमा पाएका अन्नपात र लत्ताकपडा बर्षाले भिजाएर नष्ट ग¥यो भने बस्ने÷सुत्ने ठाउँसमेत हिलाम्मै बनायो । केही स्थानमा खेतमै टेन्ट हालिएकोले डुबानको समस्यासमेत उत्पन्न भएको स्थानीय प्रहरीका भनाइ छ ।

राहतमा पाएको सामान भिजेकोमा भन्दा पनि पटकपटकको बर्षा र हुरीले पिडितलाई आतङ्कित पारेको फेटा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जयप्रकास दास बताउनुहुन्छ । ‘फेरि आइतबारको जस्तै हुरीबतास आउने हो कि भनेर सबै त्रसित छन, उनी भन्छन्, हुरीले बनाएको घाउमा बस्न लागेको खाटा उक्किएजस्तै भएको छ ।’

प्रकाशित मिति : २०७५, २४ चैत्र आईतबार  ७ : १४ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको