२०८३, १३ कार्तिक शुक्रबार

बिजुली चोर्ने दश जना पक्राउ

बिजुली चोर्ने दश जना पक्राउ


राजविराज, ५ चैत : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाबाट विद्युत् हुकिङ गर्ने दश जनालाई पक्राउ गरी आज कारवाही गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त अगुगमन टोलीले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरेको अनुगमनबाट विद्युत्का पोलमा अङ्कुश लगाएर विद्युत् चोरी गर्ने दशलाई आज नियन्त्रणमा लिई कारवाही गरेको विद्युत् प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार रुपनी गाउँपालिकाका ओमप्रकाश साह, हरिनन्दन मण्डल, रामदेव यादव, राजेन्द्र यादव, झोली यादव, शम्भुनाथ नगरपालिकाबाट दिलीपकुमार साह, शुभलाल चौधरी हृदयनारायण चौधरी, राजेन्द्र भगत र विष्णुपुर गाउँपालिकाबाट राजकुमार यादवलाई पक्राउ गरी कारवाही गरिएको छ ।

उनीहरुको साथबाट चार थान पानी तान्ने मोटर, एक थान फ्रिज र एक थान विद्युत् मिटर बरामद गरिएको उहाँले बताउनुभयो । सो संयुक्त अगुगमन टोलीले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरेको अनुगमनबाट सोमबार साँझ पनि नौ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैबाट विद्युत् ऐनअनुसार जनही रु १५ हजार ५०२ का दरले जरिवाना असुल गरेको प्राधिकरणले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ चैत्र मंगलबार  ७ : ०५ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित