२०८३, २१ आश्विन बिहीबार

बिजुली चोर्ने दश जना पक्राउ

बिजुली चोर्ने दश जना पक्राउ


राजविराज, ५ चैत : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाबाट विद्युत् हुकिङ गर्ने दश जनालाई पक्राउ गरी आज कारवाही गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त अगुगमन टोलीले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरेको अनुगमनबाट विद्युत्का पोलमा अङ्कुश लगाएर विद्युत् चोरी गर्ने दशलाई आज नियन्त्रणमा लिई कारवाही गरेको विद्युत् प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार रुपनी गाउँपालिकाका ओमप्रकाश साह, हरिनन्दन मण्डल, रामदेव यादव, राजेन्द्र यादव, झोली यादव, शम्भुनाथ नगरपालिकाबाट दिलीपकुमार साह, शुभलाल चौधरी हृदयनारायण चौधरी, राजेन्द्र भगत र विष्णुपुर गाउँपालिकाबाट राजकुमार यादवलाई पक्राउ गरी कारवाही गरिएको छ ।

उनीहरुको साथबाट चार थान पानी तान्ने मोटर, एक थान फ्रिज र एक थान विद्युत् मिटर बरामद गरिएको उहाँले बताउनुभयो । सो संयुक्त अगुगमन टोलीले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरेको अनुगमनबाट सोमबार साँझ पनि नौ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैबाट विद्युत् ऐनअनुसार जनही रु १५ हजार ५०२ का दरले जरिवाना असुल गरेको प्राधिकरणले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ चैत्र मंगलबार  ७ : ०५ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १