२०८३, ३१ असार बिहीबार

छाडा गाई संरक्षणमा युवकहरू

छाडा गाई संरक्षणमा युवकहरू


दाङ, २८ फागुन: दाङका विभिन्न बजार क्षेत्रमा छाडा रूपमा छोडिएका चौपायाको बिगबिगी बढिरहेको बेला तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका युवकहरू भने छाडा छोडिएका चौपाया संरक्षण अभियानमा जुटेका छन् । यहाँका ११ युवक मिलेर राष्ट्रिय गाई संरक्षण तथा संवद्र्धन संस्था स्थापना गरी दुई वर्षदेखि गाई तथा गोरु संरक्षणमा जुटेका हुन् । शुरुका दिनमा तुलसीपुर बजारमा छाडा छोडिएका २० गाई तथा बाच्छाबाट शुरु गरिएको सो संरक्षण अभियान अहिले गौशालामा परिणत भएको बताउनुहुन्छ, संस्थाका उपाध्यक्ष मीनराज सापकोटा ।

उहाँ भन्नुहुन्छ, “अहिले २०५ गाई र पाँच गोरु छन् । ती सबै यहाँका विभिन्न स्थानमा छाडा रूपमा भेटिएका हुन् ।” युवकहरूले गाई संरक्षणका लागि भन्दै स्थानीय एक व्यक्तिको चार बिघा जग्गा वार्षिक रु एक लाखमा भाडामा लिएका छन् । सोही ठाउँमा अहिले गौशाला बनाएर गाई संरक्षण गरिरहेका छन् । शुरुमा तुलसीपुर उपमहानगरपालिका–६ ले रु ५० हजार सहयोग ग¥यो । त्यस्तै पशुसेवा कार्यालय तुलसीपुरले गाईलाई बस्नको लागि ट्रस निर्माण गरेर सहयोग गरेको युवकहरू बताउँछन् ।

युवकहरूले सोही जग्गामध्ये केहीमा गौशाला निर्माण गरेर गाईको संरक्षण गर्दै आएका छन् भने केही जग्गामा गाईलाई घाँस तथा पराल खुवाउन धान तथा गहुँ खेती पनि गरिरहेका छन् । केही समय पहिले पशु निर्देशनालय हरिहर भवन काठमाडाँैले झण्डै रु पाँच लाख अनुदान दियो । संस्थाका सचिव कमल बस्नेतका अनुसार सोही रकमबाट गाईलाई राख्न अहिले गौशाला भवन, दाना तथा पानी खुवाउन डुँड तथा ड्रम निर्माण गरिएको छ भने जग्गा संरक्षणका लागि तारबार गरिएको छ ।

“अहिले भने गाईको मल बिक्री र जग्गामा गरिएको अन्नबालीबाट वार्षिक रु छदेखि सात लाखसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “तर यो आम्दानी भने पर्याप्त छैन, किनकी सोही रकमबाट तीन जना गाई हेरालुलाई तलब खुवाउन, जग्गाको भाडा तिर्न र गाईलाई दाना तथा पराल खुवाउन पुग्दैन ।” सचिव बस्नेतले वैदेशिक रोजगारीका लागि पाँच वर्ष मलेशिया बसेर स्वदेश फर्किँदा छाडा चौपायाको समस्या देखेपछि अब विदेश जाँदिन, बरु गाई संरक्षणमा लाग्छु भन्ने सोच आएको बताउनुभयो । उहाँले त्यसपछि साथीभाइसँग सल्लाह गरी छाडा छोडिएका चौपायाको संरक्षणमा लागेको बताउनुभयो ।

“जिल्लाका विभिन्न ठाउँमा अहिले पनि गाईको दूध खाने अनि बजारमा ल्याएर छोड्ने प्रवृत्ति छ, त्यसलाई पूर्णरूपमा अन्त्य गर्ने र गाईको संरक्षण गर्ने भन्दै यो अभियानमा लागेको हूँ”, सचिव बस्नेतले भन्नुभयो । उहाँको गौशालामा मल खरीद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४५ वर्षीय हरिप्रसाद अधिकारीले आफ्नै घर आँगनमा गाईको मल पाइने भएकाले किन्न आएको बताउनुभयो । यसपटक घरमा प्राङ्गारिक मल हालेर तरकारी खेती गर्ने सोच भएकाले मल किन्न आएको उहाँको भनाइ छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ३५ वर्षीया नोखी रावतले पनि आफू गौशालामा मल तथा गाईको गहुँत लिन आएको बताउनुभयो । उहाँले घरमा धार्मिक कार्य गर्न लागेकाले यहाँ पाइन्छ भन्ने थाहा पाएर आएको बताउनुभयो । संस्थाका अध्यक्ष प्रेमराज धितालले समाजमा धार्मिक तथा पितृ कार्यमा गाईको धेरै महत्व रहेको तर पछिल्ला वर्षमा धेरै ठाउँमा गाईलाई छाडा छोडिने गरेको देख्दा संरक्षणका लागि आफूहरुले यो अभियान शुरु गरेको बताउनुभयो । उहाँले बजार क्षेत्रबाट गौशाला करीब तीन किलोमिटरको दूरीमा रहेकाले दैनिक जसो गाई बजारमा भेटिने भएकाले दाना तथा पानी खुवाउन केही समस्या हुने गरेको बताउनुभयो । उपमहानगरपालिकाले गौशालाको लागि चरन क्षेत्र तथा खोला नजिकै पर्ने स्थानमा जग्गाको निःशुल्क व्यवस्था गरिदिए सजिलो हुने उहाँको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, २८ फाल्गुन मंगलबार  ८ : ४० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै