२०८३, २९ भाद्र मंगलबार

तेमाल खानेपानीमा भुक्तानी नपाउनेले काम गरेन,पाउने कम्पनीले कामै थालेन

तेमाल खानेपानीमा भुक्तानी नपाउनेले काम गरेन,पाउने कम्पनीले कामै थालेन


काठमाडौं १४ फागुन : तेमाल खानेपानीमा तेमालमा प्रभाव जमाउने राजनीतिक दलहरुद्वारा प्रारम्भदेखि नै शुरु गरिएको राजनीतिको फोहरी खेल अझै सकिएको छैन ।

यो खेलोमेलो अहिलेकै ताजा भने होइन, विगतदेखि नै यसमा घृणित राजनीतिका दुषित गन्ध घुसाइएकाले यसले गति समात्न सकेको थिएन । त्यही भएरै हुनुपर्छ वषौंदेखि तेमालमा पानी पु¥याउने लहनतहनमा यहाँका अगुवाहरु लागे पनि त्यसले अझै पूर्णता पाएन ।

तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो साधारणसभा संस्थाले गत सोमबार सम्पन्न गरेको छ । साधारणसभामा जनप्रतिनिधि र उपभोक्ताहरुले निर्माण कम्पनी कालिका, सिएबी जेभीलाई खानेपानीको काम समयमा नै सम्पन्न गर्न अनुरोध गरेका छन् ।


यो आयोजनामा यसअघि जिल्लाकै एक निर्माण व्यवसायीले काम थालेका थिए । डिभिजन खानेपानी कार्यालयका मोहनलाल जैशीकाअनुसार खानेपानी हेर्ने संघ र प्रदेशको कार्यालय कहाँ राख्ने भन्ने अन्यौल भएर निर्माण कम्पनीलाई बेलैमा भुक्तानी दिन नसक्दा वृहत तेमाल खानेपानीको काम अलमलिएको हो । रोशीसँगको फोन सम्बादमा जैशीले निर्माणको जिम्मा लिएको कम्पनीले पनि निर्माण कार्यलाई तीब्र रुपमा अघि नबढाएको बताए ।


यो आयोजना विशेषगरी यिनै कारणले ढिला हुन गएको हो । गत साउन महिनादेखि पहिला निर्माणको अधिकार पाएको निर्माण कम्पनीले काम गरेको छैन । भुक्तानी नपाएकाले काम रोकिएको बताउने उक्त कम्पनीले सुनकोशीको पानी याङ्बेलडाँडासम्म झार्नेसम्मको काम सम्पन्न गर्नुपर्ने सम्झौता छ । यो कम्पनीले २०७३ जेठबाट निर्माणको काम थालेको थियो ।

अहिले फेरि दोस्रोपटक कालिका सि.ए.वी. जेभीले यो खानेपानी आयोजनाको निर्माण गर्ने जिम्मा लिएको छ । ठूलै खेलोमेलो चलेको बुझिन आएको यो आयोजनाको दोस्रो पटक सम्झौता गरी काम थाल्ने जिम्मा पाएको कम्पनीले गत असारमा नै पहिलो किस्ता वापतको भुक्तानी लिएर पनि अझै काम शुरु गरेको छैन ।

झण्डै ७७ करोडको टेण्डरबाट यस आयोजनाको जिम्मा उक्त कम्पनीले लिएको छ । उक्त कार्य गर्नका लागि तोकिएको प्रावधान पूरा गर्ने नेपालका २ वटा मात्रै कम्पनी देखिएका थिए । यसरी अन्यलाई प्रतिष्पर्धामा नै रोक लगाउने व्यवस्था भित्री रुपमा गराएर प्रतिष्पर्धाको वातावरण मिलाइएबाट यसमा तेमालका दलका नेतादेखि माननीयहरु नै मुछिएको बुझिएको छ ।

सुख्खा क्षेत्र तेमालका जनतालाई सुनकोशीको जलले आँत भिजाएर सितल बनाउने नारा दिएर थुप्रै निर्वाचन सम्पन्न भए । यसमा वर्तमान माननीय पनि पछि छैनन् । स्थानीय निर्वाचनमा पनि उनका लागि यो गतिलो जनतालाई झुक्याउने आहारा बनेको थियो । परिणाम सोचेजस्तो नभए पनि संघको निर्वाचनमा पनि उनले यो नारालाई जनतामा बिक्ने मसलाको रुपमा नै उपयोग गरेका थिए । सुनकोशीकै चिसो पानी तेमाल उक्लिएको सपनामा उमंगित भएर तेमालका जनताले यही सपना बाँड्नेहरुलाई निर्वाचित पनि गराए ।

तेमालबासीलाई राजनीतिक दलले सबै निर्वाचनमा बाँडिएको सुनकोशीको निर्मल पानीको सपनालाई भने निर्वाचित भएपछि पूर्णता गराउन उल्लेख्य भूमिका निर्वाह गरेको भने पाइएको छैन । यो आयोजनामा ठेक्का लिने ठेकेदार, उपभोक्ता समितिदेखि, सपना बाँड्ने दलहरु समेत एउटै वर्गको बखान गर्नेहरु नै जम्मा भएका थिए । तर पनि आयोजनाले गति भने सुस्त रुपमा लियो ।

त्यसमा सबैले चासोका साथ लिएको मात्रै हैन निर्वाचित सांसदले आफू निर्वाचित भइसकेपछि जनतालाई धन्यवाद दिन जाँदासमेत गत बैशाख २५ भित्रै तेमालमा सुनकोशीको पानी झर्ने बताएका थिए । निर्वाचित भएपछि उनले पानी झार्ने कार्यलाई तीब्र रुपमा अघि बढाएको भए सायद पानी झर्ने पनि थियो ।

अहिले त्यहाँबाट निर्वाचित भएका सांसद गंगाबहादुर दोङ निरिह भएर निर्माण कम्पनीसँग गुनासो गर्दै बसेको देखिएको छ । योजना कहिले सम्पन्न हुन्छ भन्ने अझै अन्यौल नै भएको अनुमान तेमालबासीले लगाएका छन् । निर्माण कार्यले तीब्रता पायो भने अझै सुनकोशीको पानी खानका लागि तेमालबासीले झण्डै २ वर्ष कुर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : २०७५, १४ फाल्गुन मंगलबार  ८ : ३८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक