२०८३, १३ कार्तिक शुक्रबार

मोटरसाइकल खरिदका लागि आएको पैसा एम्बुलेन्सलाई

मोटरसाइकल खरिदका लागि आएको पैसा एम्बुलेन्सलाई


विदुर, फागुन १२ गते: विदुर नगरपालिकाको चौथो नगरसभाले एम्बुलेन्स खरीद गरेर आफैँले एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले खरीद गर्ने एम्बुलेन्स सेवाको व्यवस्थापनका लागि वडा नं ९ का वडाध्यक्ष शनी चित्रकारले नगरपालिकाबाट आफूलाई प्राप्त मोटरसाइकल सुविधा नलिने घोषणा गरे ।

वडाध्यक्ष चित्रकारले आफ्नो वडामा मोटरसाइकल खरीदका लागि विनियोजन गरिएको रकम एम्बुलेन्स सेवाको व्यवस्थापनका लागि प्रयोग गर्न नगरपालिकासँग आग्रह गरे ।

विदुरका वडा नं ९ बाहेक सबै वडाले नगरपालिकाबाट विनियोजित रकमबाट मोटरसाइकल खरीद गरिसकेका छन् । नगरपालिकाभित्र अति आवश्यक योजना सञ्चालनका लागि उपप्रमुख गीताकुमारी दहालद्वारा प्रस्तुत रु २२ करोड ४८ लाखको पूरक बजेट स्वीकृत गरिएको छ ।

बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी योजना सञ्चालन, वडा कार्यालयमार्फत थप बजेट कार्यान्वयनका साथै लक्षित क्षेत्रका लागिसमेत थप रकम विनियोजन गरिएको छ । पुस मसान्तसम्म चालुगत खर्चमा रु १९ करोड ६४ लाख र पूँजीगततर्फ रु १० करोड २६ लाख खर्च भएको नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतबार  ७ : ५६ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित