२०८३, ३० भाद्र बुधबार

मोटरसाइकल खरिदका लागि आएको पैसा एम्बुलेन्सलाई

मोटरसाइकल खरिदका लागि आएको पैसा एम्बुलेन्सलाई


विदुर, फागुन १२ गते: विदुर नगरपालिकाको चौथो नगरसभाले एम्बुलेन्स खरीद गरेर आफैँले एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले खरीद गर्ने एम्बुलेन्स सेवाको व्यवस्थापनका लागि वडा नं ९ का वडाध्यक्ष शनी चित्रकारले नगरपालिकाबाट आफूलाई प्राप्त मोटरसाइकल सुविधा नलिने घोषणा गरे ।

वडाध्यक्ष चित्रकारले आफ्नो वडामा मोटरसाइकल खरीदका लागि विनियोजन गरिएको रकम एम्बुलेन्स सेवाको व्यवस्थापनका लागि प्रयोग गर्न नगरपालिकासँग आग्रह गरे ।

विदुरका वडा नं ९ बाहेक सबै वडाले नगरपालिकाबाट विनियोजित रकमबाट मोटरसाइकल खरीद गरिसकेका छन् । नगरपालिकाभित्र अति आवश्यक योजना सञ्चालनका लागि उपप्रमुख गीताकुमारी दहालद्वारा प्रस्तुत रु २२ करोड ४८ लाखको पूरक बजेट स्वीकृत गरिएको छ ।

बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी योजना सञ्चालन, वडा कार्यालयमार्फत थप बजेट कार्यान्वयनका साथै लक्षित क्षेत्रका लागिसमेत थप रकम विनियोजन गरिएको छ । पुस मसान्तसम्म चालुगत खर्चमा रु १९ करोड ६४ लाख र पूँजीगततर्फ रु १० करोड २६ लाख खर्च भएको नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतबार  ७ : ५६ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको